Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्थानीय तह सदस्य निर्वाचन २०७९ को सवारी आवागमन सम्बन्धी सूचना

२०७९-०१-२६ २०७९-०१-२६

सूचना0001(1).JPG तस्बिर :

स्थानीय तह सदस्य निर्वाचन २०७९ को सवारी आवागमन

सम्बन्धी सूचना

सम्बत् २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगबाट सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत भएको विदितै छ । उक्त मापदण्ड कार्यान्वयन गर्ने सन्दर्भमा देहाय अनुसार व्यवस्था गरिएको व्यहोरा सबैमा अनुरोध गरिएको छ ।

  1. मतदानको दिन २०७९ बैशाख ३० गते शुक्रवार अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु विहान ५:०० बजे देखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्नु/नगराउनु हुन अनुरोध छ ।
  2. उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि, सञ्चार माध्यमको हकमा स्वीकृत मापदण्ड बमोजिम सवारी अनुमतिपत्र यस कार्यालयबाट जारी गरिने हुँदा तोकिएको सिफारिस र कागजातहरु लिई मिति २०७९ वैशाख २९ गते भित्र सम्पर्क गर्नु हुन अनुरोध छ ।
  1. उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको हकमा आवश्यक कागजातहरु :
  • सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको अनुसूची-१ बमोजिमको निवेदन सहितको सिफारिस पत्र
  • सवारी साधनको ब्लुबुकको फोटोकपी
  • सवारी चालकको चालक अनुमति पत्रको फोटोकपी
  • उम्मेदवारको परिचय पत्रको फोटोकपी
  1. सञ्चार माध्यमहरुको हकमा आवश्यक कागजातहरु :
  • सम्बन्धित सञ्चार माध्यमको पत्र,
  • सवारी साधनको ब्लुबुकको फोटोकपी,
  • सवारी चालकको अनुमति पत्रको फोटोकपि,
  • सूचना तथा प्रशारण विभाग वा पत्रकार महासंघको सिफारिस ।
  1. उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले आयोगको स्वीकृत मापदण्ड बमोजिम देहाय अनुसार मात्र सवारी अनुमतीपत्र पाउने छन ।
  • महानगरपालिका तथा नगरपालिकाका प्रमुख वा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षका लागि दुई पाँग्रे वा तीन पाँग्रे वा चार पाँग्रे विधुतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन एउटा मात्र ।
  • महानगरपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यका लागि उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी दुई पाँग्रे वा तीनपाँग्रे वा चार पाँग्रे विधुतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन एउटा मात्र ।
  • नगरपालिका तथा गाउँपालिका वडा अध्यक्ष तथा वडा सदस्यका लागि उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी दुई पाँग्रे सवारी साधन एउटा मात्र । 
  1.  

मिति : २०७९-०१-२६

उमेश कुमार ढकाल

प्रमुख जिल्ला अधिकारी

यस सूचना विपरित कार्य गरे गराएको पाईएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैमा अनुरोध गरिन्छ ।

 

 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा