Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

बुधबार, असार २४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संघ संस्था नविकरण र विधान संशोधनको लागि

2076-10-10

2076-10-10


संस्था नविकरणका लागि आवश्यक कागजातहरु:

  1. नविकरणका लागि संस्थाको लेटर प्याडमा जिल्ला प्रशासन कार्यालय, पर्सालाई संवोधन गरी तोकिएको ढाचाँ अनुसारको निवेदन ।
  2. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली ।
  3. कुल साधारण सदस्य संख्या खुलाएको नामावलीसहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थित संख्याको विवरण ।
  4. विधान सम्मत साधारण सभाले चालु आ.ब.को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समितिको छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष र सचिवले प्रमाणित गरेको प्रलिलिपि र सम्बन्धित आ.ब.को वार्षिक कार्य प्रगति विवरण (Annual Report) ।
  5. संस्थाको पान (PAN)  दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाण पत्र र सम्बन्धित आ.ब.को लागि आन्तरिक राजश्व कार्यालयको सिफारिस ।
  6. बैदेशिक सहयोगको कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदको कार्यक्रम स्वीकृत पत्र र कार्यक्रम अनुगमनको प्रतिवेदन, स्थानीय तह/ प्रदेश सरकारको कार्यक्रम संचालन गरेको भएमा सम्बन्धित स्थानीय तह/ प्रदेशको स्थलगत अनुगमन प्रतिवेदन र कार्यसम्पादन प्रतिवेदन सहितको सिफारिस ।
  7. बालगृह संचालन सम्बन्धी संस्था भए बालगृह श-शुल्क वा नि:शुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस ।
  8. लेखापरिक्षकको प्रमाणपत्र, पान (PAN)  दर्ता प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र ।

संस्थाको विधान संशोधनका लागि पेश गर्ने कागजातहरु

  1. संशोधित विधान स्विकृत गरिपाउँ भनी रित पूर्वकको निवेदन ।
  2. तीन महले विधान -३ (तीन) प्रति ।
  3. नविकरण भएको संस्थाको प्रमाण पत्र र सो को फोटोकपि ।
  4. संशोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३) साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति ।
  5. जिल्ला प्रशसन कार्यालयले स्विकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपि ।
  6. संशोधित विधानको युनिकोडमा टाईप गरी सो को softcopy पनि पेश गर्ने ।

 

नोट : तीन महलेको शुरु पेजको माथी दस्तखत नगर्ने र शुरु पेजको तलबाट दस्तखत गरी बाकी पेजको तल र माथि कार्य समितिका सदस्यहरुको सही गरेको हुनुपर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 13:01:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .