Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

संघ संस्था दर्ता प्रकृया 2076-10-05

संघ संस्था दर्ता प्रकृया

  • संस्था दर्ताको लागि जिल्ला प्रशसन कार्यालय, पर्सालाई संवोधन गरेको संस्था दर्ता नियमावली, २०३४ को अनुसूची १ बमोजिमको निवेदन। (जुन यस कार्यालयको वेव साईटको डाउनलोडमा राखिएको छ )
  • स्थानीय तह (गाउँपालिका/नगरपालिका/महानगरपालिका) को सिफारिस पत्र ।
  • संस्था स्थापनाको लागि निम्न कुराहरु खोलाईएको कार्य समितिको तीन गुणा बढी भेलाको निर्णय, जसमा निम्न कुराहरुको निर्णय गरेको हुनुपर्छ ।
  • निम्न
  1. सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनोट गरेको निर्णय ।
  2. सर्व सम्मतिले कम्तिमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको निर्णय गरेको हुनुपर्ने ( ४ जना पदाधिकारी र ५ जना सदस्य रहने गरी) तदर्थ समितिको गठन गर्दा एउटै परिवारको सदस्य नभएको हुनुपर्ने र कानून बमोजिम समावेशी भएको हुनुपर्ने ।
  3. संस्थाको विधान मस्यौदा तयार गर्ने उपसमितिको गठन गरेको निर्णय । (संस्थाको उद्देश्य कुनै एक क्षेत्र सँग सम्बन्धित भएको हुनुपर्ने जस्तै : शिक्षा क्षेत्र, स्वास्थय क्षेत्र, खेलकुद, वतावरण .......)
  4. तदर्थ समितिले विधान पारित गरी स्विकृतिका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी गरेको निर्णय ।
  • तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको स्वयमले प्रमाणित गरेको १/१ प्रति छाँयाकपी ।
  • तदर्थ समितिका पदाधिकारीहरु र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको तल र माथि दस्तखत गरेको विधान ४ प्रति र विधानको soft copy  फाईल समेत पेश गर्नु पर्ने ।
  • संस्थाका तदर्थ समितिका पदाधिकारीहरु तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं, ई-मेल, दस्तखत र फोटो सहितको विवरण ।
  • संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन ।
  • तदर्थ समितिका पदाधिकारीहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने ।
  • संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिकृया तथा सहमती लिनुपर्ने  भएमा सोको सिफारिस ।
  • नोट :संस्था दर्ताको लागि चाहिने निवेदनको ढाँचा र विधानको नमूनाको लागि यो लिंक मा क्लिक गर्नुहोस :https://daoparsa.moha.gov.np/post/sa-sa-tha-ka-va-thha-naka-nama-na-4 


Per Page :
Loading संघ संस्था दर्ता प्रकृया ...
मिति संघ संस्था दर्ता प्रकृया विवरण फाईलहरु एक्सन
2078-04-08 संस्था दर्ता प्रकृया २०७८ साल साउन १ गतेबाट लागु भएको

2078-04-08
2076-10-10 संघ संस्था नविकरण र विधान संशोधनको लागि

2076-10-10
Loading संघ संस्था दर्ता प्रकृया ...
पछिल्लो अपडेट गरिएको : 2081-10-21 11:01:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा

Powered By: ProActive Developers