Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, असार २३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संघ संस्था दर्ता प्रकृया

संघ संस्था दर्ता प्रकृया

  • संस्था दर्ताको लागि जिल्ला प्रशसन कार्यालय, पर्सालाई संवोधन गरेको संस्था दर्ता नियमावली, २०३४ को अनुसूची १ बमोजिमको निवेदन। (जुन यस कार्यालयको वेव साईटको डाउनलोडमा राखिएको छ )
  • स्थानीय तह (गाउँपालिका/नगरपालिका/महानगरपालिका) को सिफारिस पत्र ।
  • संस्था स्थापनाको लागि निम्न कुराहरु खोलाईएको कार्य समितिको तीन गुणा बढी भेलाको निर्णय, जसमा निम्न कुराहरुको निर्णय गरेको हुनुपर्छ ।
  • निम्न
  1. सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनोट गरेको निर्णय ।
  2. सर्व सम्मतिले कम्तिमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको निर्णय गरेको हुनुपर्ने ( ४ जना पदाधिकारी र ५ जना सदस्य रहने गरी) तदर्थ समितिको गठन गर्दा एउटै परिवारको सदस्य नभएको हुनुपर्ने र कानून बमोजिम समावेशी भएको हुनुपर्ने ।
  3. संस्थाको विधान मस्यौदा तयार गर्ने उपसमितिको गठन गरेको निर्णय । (संस्थाको उद्देश्य कुनै एक क्षेत्र सँग सम्बन्धित भएको हुनुपर्ने जस्तै : शिक्षा क्षेत्र, स्वास्थय क्षेत्र, खेलकुद, वतावरण .......)
  4. तदर्थ समितिले विधान पारित गरी स्विकृतिका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी गरेको निर्णय ।
  • तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको स्वयमले प्रमाणित गरेको १/१ प्रति छाँयाकपी ।
  • तदर्थ समितिका पदाधिकारीहरु र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको तल र माथि दस्तखत गरेको विधान ४ प्रति र विधानको soft copy  फाईल समेत पेश गर्नु पर्ने ।
  • संस्थाका तदर्थ समितिका पदाधिकारीहरु तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं, ई-मेल, दस्तखत र फोटो सहितको विवरण ।
  • संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन ।
  • तदर्थ समितिका पदाधिकारीहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने ।
  • संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिकृया तथा सहमती लिनुपर्ने  भएमा सोको सिफारिस ।
  • नोट :संस्था दर्ताको लागि चाहिने निवेदनको ढाँचा र विधानको नमूनाको लागि यो लिंक मा क्लिक गर्नुहोस :https://daoparsa.moha.gov.np/post/sa-sa-tha-ka-va-thha-naka-nama-na-4 


Per Page
Loading संघ संस्था दर्ता प्रकृया ...
मिति संघ संस्था दर्ता प्रकृया विवरण फाईलहरु एक्सन
२०७८-०४-०८
संस्था दर्ता प्रकृया २०७८ साल साउन १ गतेबाट लागु भएको
२०७८-०४-०८
२०७६-१०-१०
संघ संस्था नविकरण र विधान संशोधनको लागि
२०७६-१०-१०
Loading संघ संस्था दर्ता प्रकृया ...
पछिल्लो अपडेट गरिएको : 2083-03-08 13:01:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .