राहत वितरण
२०८१-०९-२६
२०८१-०९-२६
तस्बिर :
यस कार्यालयको मिति २०८१-०९-२४ गतेको सूचना अनुसार शितलहरको प्रकोपबाट बच्न/बचाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले आवलम्ब गरेको एकद्वार राहत वितरण प्रणाली मार्फत जिल्ला विपद् व्यवस्थापन कोष, वीरगंज उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी र जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुद्वारा यस कार्यालयमा प्राप्त राहत सामग्रीहरु देहाय बमोजिम वितरण गरिएको छ।
- बहुदरमाई नगरपालिकामा राहत वितरण:
- मिति २०८१-०९-२४ गते पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं २ सिसियाडीमा ३०० दलित घर घुरीका परिवारको सदस्यलाई प्रति व्यक्ति १ कम्वलको दरले वितरण गरिएको।
- २. पोखरिया नगरपालिकामा राहत वितरण:
- मिति २०८१-०९-२५ गते जिल्ला पर्सा पोखरिया न.पा.७ रानिगंजका लक्षित समूहहरुलाई १३५ थान कम्बल र ऐ.वडा नं.४ का बासिन्दाहरुलाई ६४ थान कम्बल गरि जम्मा १९९ ब्यक्तिहरुलाई राहत वितरण भएको।
- ३ जगरनाथपुर गाउँपालिकामा राहत वितरण:
- मिति २०८१-०९-२५ गते जिल्ला पर्सा जगरनाथपुर गा.पा.५ मसिहानीटोलका लक्षित समूहलाई चप्पल/जुता ८७ जोर, कम्बल/ज्याकेट १०० गरी जम्मा १८७ जना व्यक्तिहरुलाई राहत वितरण गरिएको।
- ४. धोविनी गाउँपालिकामा राहत वितरण:
- मिति २०८१।०९।२५ धोबिनि गा.पा.२ भिखमपुरका लक्षित समूहलाई चप्पल २५ जोर र कमल ५६ गरी जम्मा ५६ जना व्यक्तिहरुलाई राहत वितरण।
- ५. मानवसेवा आश्रममा राहत वितरण:
- मिति २०८१-०९-२५ गतेका दिन बीरगंजस्थित मानव सेवा आश्रममा ३० थान बाक्लो कम्बल र १ थान Washing Machine वितरण गरिएको।
- ६. त्यसै गरी डिभिजन वन कार्यालय, पर्सासँगको समन्वयमा कारागार कार्यालय, पर्सा, बाल सुधार गृह तथा मानव सेवा आश्रममा दाउरा खरिद गरी हस्तानान्तरण गरिएको।
