पर्साका प्रमुख जिल्ला अधिकारीबाट मिति : २०७८-०३-०६ मा जारी आदेश
पर्साका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
आदेश जारी मिति : २०७८-०३-०६
विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि यस पूर्व मिति २०७८-०३-०६ गते राती १२:०० बजेसम्म लागु हुने गरी जारी गरिएको आदेशलाई केही परिमार्जन सहित तपशिल बमोजिम हुने गरी निरन्तरता दिने भनी जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको मिति २०७८-०३-०६ गतेको निर्णय समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भर मिति २०७८-०३-१३ गते राती १२:०० बजेसम्म देहाय बमोजिमको आदेश लाई निरन्तरता दिइएको छ । यो आदेशको पालना गर्नु/गराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ । कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।
देहाय
- अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भिडभाडजन्य कार्य नगर्ने ।
- अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिड भाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालय/निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने/गराउने । सो को उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय/निकायको प्रमुखले मिलाउने ।
- सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।
- नित्य दैनिक पूजाआजा बाहेक मानिस जम्मा भेला भई धार्मिक स्थलहरुमा धार्मिक एवं साँस्कृतिक क्रियाकलापहरु गर्न पाईने छैन ।
- मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला ब्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी (दुई पाङ्ग्रे बाहेक) तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।
- कृषि (बिउ बिजन, मल खाध लगायत) तथा पशु पंक्षी सम्बद्ध कार्यहरु गर्न/गराउन सकिने ।
- मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध/नामाकरण जस्ता सामाजिक कार्यमा बढीमा २ (दुई) वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर लगाई प्रयोग गर्न सकिने छ ।
- बिकास निर्माणका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन सकिने छ । आयोजना/कार्यालय प्रमुखको सिफारिसमा विकास निर्माण कार्यसँग सम्बन्धित कर्मचारी र जनशक्तिले प्रयोग गर्ने सवारी साधनको आवत जावतमा जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्ने । निर्माण सामाग्रीको ढुवानी बेलुका ८:०० बजे देखी विहान ८:०० बजेसम्म गर्ने ।
- खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित रुपमा सञ्चालन गर्ने र सो बाहेक अन्य पसललहरु विहान १०:०० बजे देखि दिउँसो ५:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी/गराई सञ्चालन गर्न पाईने । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाईएमा नियमानुसार कारवाही हुने ।
- होटेल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डहरुको परिपालना गरी टेक अवे सेवा र होम डेलिभरी गर्ने गरी सञ्चालन गर्न सकिने ।
- विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १५ जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न/गराउन नपाइने ।
- उद्योग, कलकारखाना सञ्चालन, सार्वजनिक विकास निर्माण एवं निजी निर्माण जस्ता कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गर्न/गराउन सकिने ।
- बीरगंज (ईनर्वा) नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
- यस जिल्लाको बीरगंज (ईनर्वा) सीमा नाकाबाट बिदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।
|
पिताम्बर घिमिरे प्रमुख जिल्ला अधिकारी
|
