2078-02-19
2078-02-19
पर्साका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
आदेश जारी मिति : २०७८-०२-१९
विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि यस पूर्व मिति २०७८-०२-२० गते राती १२:०० बजेसम्म लागु हुने गरी जारी गरिएको आदेशलाई निरन्तरता दिने भनी जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको मिति २०७८-०२-१९ गतेको निर्णय समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भर यही मिति २०७८-०२-२० गते राती १२:०० बजे देखि मिति २०७८-०२-३० गते राती १२:०० बजेसम्म लागु हुने गरी देहाय बमोजिमको निषेध आदेश लाई निरन्तरता दिइएको छ । यो आदेशको पालना गर्नु/गराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ । कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।
देहाय
|
पिताम्बर घिमिरे प्रमुख जिल्ला अधिकारी
|
यस जिल्लाको बीरगंज सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।