Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पर्साका प्रमुख जिल्ला अधिकारीबाट मिति : २०७८-०२-१२ मा जारी आदेश

२०७८-०२-१२ २०७८-०२-१२

पर्साका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

आदेश जारी मिति : २०७८-०२-१२

 

विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि यस पूर्व मिति २०७८-०२-१३ गते राती १२:०० बजेसम्म लागु हुने गरी जारी गरिएको आदेशलाई निरन्तरता दिने भनी जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको मिति २०७८-०२-१२ गतेको निर्णय समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भर यही मिति २०७८-०२-१३ गते राती १२:०० बजे देखि मिति २०७८-०२-२० गते राती १२:०० बजेसम्म लागु हुने गरी देहाय बमोजिमको निषेध आदेश लाई निरन्तरता दिइएको छ । यो आदेशको पालना गर्नु/गराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ । कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।

देहाय

  1. औषधी उपचार एवं यस आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाईने छैन ।
  2. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।
  3. मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुई पाङ्ग्रे समेत) सञ्चालन गर्न पाईने छैन ।
  4. मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा बढीमा २ (दुई) वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ ।
  5. महत्वपूर्ण  विकास निर्माणका आयोजनासँग सम्बन्धित कर्मचारी/जनशक्तिले जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन मात्र प्रयोगमा ल्याउन सकिने ।
  6. खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने । दैनिक खाद्य वस्तुका पसलहरु विहान ८:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाईने छ । तर सो समयको अतिरिक्त  तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा पर्नेछैन ।
  7. विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १० जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न/गराउन नपाइने ।
  8. अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं नीजि सेवा प्रवाह हाललाई स्थगन गरिएको छ ।
  9. अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने ।
  10. बैंक तथा वित्तीय संस्थाहरुले ATM लगायतका विद्युत्तीय कारोबारमा जोड दिने । कार्यालयमा कूल कर्मचारीको एक चौथाई कर्मचारी मात्र उपस्थित भई अति जरुरी सेवा प्रदान गर्ने ।
  11. उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी उद्योग सञ्चालन गर्न सक्ने ।
  12. कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामाग्री (मास्क, स्यानीटाईजर, साबुन, पञ्जा, अक्सिजन उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गरी सञ्चालन गर्न सकिने  ।
  13. बीरगंज नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
  14. यस जिल्लाको बीरगंज सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।

 

पिताम्बर घिमिरे

प्रमुख जिल्ला अधिकारी

 

 

 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
आदेश.PDF 717.9 KB

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा