Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

पर्साका प्रमुख जिल्ला अधिकारीबाट २०७८-०१-२१ मा जारी आदेश

2078-01-21

2078-01-21


पर्साका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

आदेश जारी मिति : २०७८-०१-२१

 

विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड-१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि यस पूर्व मिति २०७८-०१-२२ गते राती १२:०० बजेसम्म लागु हुने गरि जारी गरिएको आदेशलाई निरन्तरता दिने भन्ने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, पर्साको मिति २०७८-०१-२१ गतेको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भर यही मिति २०७८-०१-२२ गते राती १२:०० बजे देखि मिति २०७८-०१-३० गते राती १२:०० बजेसम्म लागु हुने गरी देहाय बमोजिमको निषेध आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नु/गराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ । कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।

देहाय

  1. औषधी उपचार एवं यस आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाईने छैन ।
  2. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन । विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट अनुमती लिएर मात्र गर्न पाईने छ ।
  3. मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुई पाङ्ग्रे समेत) सञ्चालन गर्न पाईने छैन ।
  4. खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने । दैनिक खाद्य वस्तुका पसलहरु विहान ९:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाईने ।
  5. बीरगंज ईनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाउने ।
  6. यस जिल्लाको ईनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।
  7. अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं नीजि सेवा प्रवाह हाललाई स्थगन गरिएको छ ।
  8. अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने ।
  9. मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा र विकास निर्माणका आयोजनासँग सम्बन्धित जनशक्तिले जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन मात्र प्रयोगमा ल्याउन सकिने ।
  10. उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी उद्योग सञ्चालन गर्न सक्ने ।
  11. कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामाग्री (मास्क, स्यानीटाईजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गरी सञ्चालन गर्न सकिने  ।

 

 

 
 

पिताम्बर घिमिरे

प्रमुख जिल्ला अधिकारी

 

 

 

 

फाईलको नाम डोउनलोड
पर्साका प्रमुख जिल्ला अधिकारीबाट २०७८-०१-२१ मा जारी आदेश

पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:29:17

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .