Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पर्साका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश २०७८-०३-२०

२०७८-०३-२० २०७८-०३-२०

पर्साका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

आदेश जारी मिति : २०७८-०३-२०

           विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि यस पूर्व मिति २०७८-०३-२० गते राती १२:०० बजेसम्म लागु हुने गरी जारी गरिएको आदेशलाई केही परिमार्जन सहित तपशिल बमोजिम हुने गरी निरन्तरता दिने भनी जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको मिति २०७८-०३-२० गतेको निर्णय समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भर अर्को आदेश नभए सम्मको लागि देहाय बमोजिमको आदेश लाई निरन्तरता दिइएको छ । यो आदेशको पालना गर्नु/गराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ । कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।

देहाय

  1. घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भिडभाडजन्य कार्य नगर्ने ।
  2. अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिड भाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालय/निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने/गराउने । सो को उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय/निकायको प्रमुखले मिलाउने ।
  3. स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई निजी सवारी साधन र जिल्ला भित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यात्रुवाहक सवारी साधनहरु सञ्चालन गर्न पाईने ।
  4. स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई बजार एवं पसल खोल्ने । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पाईएमा नियमानुसार कारवाही हुने .
  5. विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा २५ जना सम्मको उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड परिपालना गरी गर्न सकिने छ ।
  6. उद्योग, कलकारखाना सञ्चालन, सार्वजनिक विकास निर्माण, पेशा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्ने/गराउने।
  7. यस जिल्लाको बीरगंज (ईनर्वा) सीमा नाकाबाट बिदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।
  8. होटेल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा परिपालना गरी आफ्नो कूल क्षमताको पचास प्रतिशत क्षमतामा मात्र सञ्चालन गर्ने  ।

सञ्चालन गर्न रोक लगाईएका कार्य/क्रियाकलापहरु

  1. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न ।
  2. नित्य दैनिक पूजाआजा बाहेक मानिस जम्मा भेला भई धार्मिक स्थलहरुमा धार्मिक एवं साँस्कृतिक क्रियाकलापहरु गर्न ।
  3. लामो दूरीका एवं जिल्ला बाहिर गन्तब्य हुने गरी सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालन गर्न ।
  4. बीरगंज (ईनर्वा) नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा गर्न ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
आदेश_३_२०.PDF 2.07 MB

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा