निषेधाज्ञा सम्बन्धी सूचना 2077-05-18
२०७७-०५-१८
२०७७-०५-१८
तस्बिर :
प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङज्यूको अध्यक्षतामा मिति २०७७-०५-१८ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकमा भएका निर्णयहरु सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको ।
- वीरगंज महानगरपालिका क्षेत्रभित्र निरन्तर रहेको निषेधाज्ञालाई 2077 भाद्र २५ गते राति १२:०० बजे सम्म निरन्तरता दिईएको छ ।
- बजार तथा पसल खोल्ने सम्बन्धी गरिएको व्यवस्था :
- सोमबार, वुधवार र शुक्रबार बजारमा रहेका पसलहरुमध्ये पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु मात्र खोल्न पाईनेछ ।
- आईतबार, मंगलबार र विहिबार बजारमा रहेका पसहरुमध्ये पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु मात्र खोल्न पाईनेछ ।
- तरकारी तथा फलफुलको हकमा रेल्वे रोडमा घण्टाघर चोक देखी २०० मिटर स्कुल देखी दक्षिण तर्फ एक तर्फी रुपमा मात्र पसलहरु राख्ने । दुई पसल वीचको दुरी न्युनतम १५ फिट राख्ने । उक्त सडक खण्डमा तोकिएको अवधि भरी कुनै पनि मालवाहक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
- यस्ता पसलहरु शनिबार पूर्णरुपले बन्द रहनेछ ।
- तोकिएको समय र स्थान वाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, सामान बेचेको वा भिडभाड गरेको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरिनेछ ।
- आ- आफ्नो पसलमा आउने ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने । स्वास्थ्य तथा सुरक्षाको मापदण्ड उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारवाही गरिनेछ ।
- पसलहरु दिउँसो ११:०० बजे देखि ४:०० बजे सम्म र तरकारी तथा फलफुल पसल विहान ५:०० देखी ८:०० बजे सम्म मात्र सञ्चालन गर्नुपर्नछ ।
- देहाय बमोजिमका सेवा र कार्यहरु हाललाई सञ्चालन गर्न पाईनेछैन :
- जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजानिक यात्रुवाहक सवारी साधनहरु सञ्चालन गर्न।
- कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, चार जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा जम्मा हुन ।
- परमपरागत रुपमा भई आएको दैनिक रुपमा आन्तरिक नित्य पुजा वाहेकका सम्पुर्ण धार्मिक सांस्कृति गतिविधिहरु ।
- शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षा लगायतको गतिविधिहरु।
- डिपार्टमेन्टल स्टोर, मनोरञ्जन स्थल, शैलुन, व्युटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि ।
- चिया पसल, खाजाघर, होटेल, रेस्टुरा आदि
- १२ वर्षमुनि र ६० वर्षमाथिका सर्वसाधारण तथा गम्भिर प्रकृतिको रोग लागेको र बिरामिहरुलाई यथासम्भव आ-आफ्नो घर परिसरमा बस्न र बाहिर ननिस्कन हार्दिक अनुरोध छ ।
