निर्णय कार्यान्वयन सम्बन्धमा
२०७८-०९-२८
२०७८-०९-२८
जिल्ला प्रशासन कार्यालय पर्साको सूचना
(सूचना प्रकाशित मिति २०७८-०९-२७)
प्रस्तुत विषयमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCMC) को मिति २०७८-०९-२७ गते बसेको बैठकले देहाय बमजिम आदेश जारी गर्ने भनी निर्णय गरेकोले सोही बमोजिम गर्न गराउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
- सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थिति हुने गरी प्रशासनिक सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्ने नगराउने ।
- अर्को सूचना नभए सम्म सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना गर्न नपाईने ।
- माघ ७ गते देखि कुनै पनि कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला र पार्क जस्ता सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाईलमा फोटो भए पनि हुने) हेरी मात्र प्रवेश गर्ने गराउने व्यवस्था मिलाउने ।
- भारतबाट यस जिल्लामा भित्रिने प्रवेश विन्दुमा अनिवार्य रुपमा एण्टिजेन परिक्षण गर्ने र कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गराउने गरी सुरक्षित साथ गन्तब्य स्थानमा पुग्न सहजिकरण गर्ने ।
- जिल्ला स्थित सरकारी कार्यालयहरुले कार्यालयमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखी बढी भिडभाड नहुने गरी सेवा प्रवाह गर्न स्थानीय तह अनुसार आलोपालो हुने गरी सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने ।
- २०७८ माघ ७ गते देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य लागु हुने भएकोले खोप कार्ड साथमा लिई आउने सेवाग्रहीलाई मात्र कार्यालयले सेवा प्रवाह गर्ने गराउने ।
|
उमेश कुमार ढकाल प्रमुख जिल्ला अधिकारी |
