Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०८१-१०-०६ गते प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यूको अध्यक्षमा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला बैठक निर्णय

2 महिना अगाडी

2081-10-07


निर्णय.JPG तस्बिर : स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निर्णय

मिति २०८१-१०-०६ गते प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यूको अध्यक्षमा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवं सुरक्षा निकायको उपस्थिमा बसेको बैठकबाट देहाय बमोजिम गर्ने/ गराउने निर्णय गरियो:-

  1. सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्यसंस्थाहरुको सेवा थप सरल र पारदर्शी बनाउने।
  2. अस्पताल तथा स्वस्थ्यसंस्थाहरुले लिने शुल्कमा एकरुपता कायम गर्ने।
  3. जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिबाट मिति २०८१-१०-०४ गते भएका निर्णयहरु पूर्ण रुपले कार्यान्वयन गर्ने/गराउने।
  4. नेपाल सरकारबाट स्वीकृत मापदण्ड तथा नीतिहरुको पूर्ण परिपालना गर्ने/गराउने।
  5. अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप प्रभावकारी बनाउने। अनुगमनको क्रममा विषयविज्ञ तथा नेपाल चिकित्सक संघको समेत प्रतिनिधि सहितको अनुगमन टोली परिचालन गर्ने।
  6. अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले सेवा, सुविधा, पारिश्रमिक लगायतका विषयमा चासो वा माग राखेकै कारण उनीहरु माथि फरक व्यवहार गर्ने वा सेवाबाट हटाउने कार्य नगर्ने/नगराउने।
  7. उनीहरुले हाल खाईपाई आएको सेवा सुविधा के कसरी र कति हदसम्म वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सबै सरोकारवालाहरुसँग छलफल/समन्वय गरी प्रस्ताव गर्न निजी अस्पताल संचालक संघ (APHIN) का अध्यक्षलाई जिम्मेवारी दिने।
  8. अस्पताल तथा स्वास्थ्यसंस्थाहरुमा सूचना व्यवस्थापन नागरिकमैत्री गराउने, स्वास्थ्यकर्मीहरुको आचारसंहित पूर्ण परिपालना गर्ने/गराउने व्यवस्था गर्ने तथा उपचारको क्रममा स्वास्थ्यकर्मीहरु माथि मानसिक र शारिरिक दवाव दिने, संस्थामा तोडफोड गर्ने, हातपात गर्ने जस्ता उत्छृङ्खल क्रियाकलापहरुलाई नियन्त्रण/नियमन गर्न शून्य सहनशीलता (Zero Tolerance) को नीति अपनाउने।
  9. समय-समयमा सर्वपक्षीय छलफल, अन्तरकृया कार्यक्रमहरु आयोजना गरी कार्यगत वातावरण सृजना गर्ने।

फाईलको नाम डोउनलोड
bbe03211_f4f1_4122_b07d_b1dff372b76b.jpg
646ce002_a919_47bd_befe_daf725571bd4.jpg
7c8c5701_d650_49ef_830b_8afab0a4109b.jpg

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2081-12-09 19:29:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा

Powered By: ProActive Developers