मिति २०८१-१०-०६ गते प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यूको अध्यक्षमा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला बैठक निर्णय
२०८१-१०-०७
२०८१-१०-०७
मिति २०८१-१०-०६ गते प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यूको अध्यक्षमा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवं सुरक्षा निकायको उपस्थिमा बसेको बैठकबाट देहाय बमोजिम गर्ने/ गराउने निर्णय गरियो:-
- सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्यसंस्थाहरुको सेवा थप सरल र पारदर्शी बनाउने।
- अस्पताल तथा स्वस्थ्यसंस्थाहरुले लिने शुल्कमा एकरुपता कायम गर्ने।
- जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिबाट मिति २०८१-१०-०४ गते भएका निर्णयहरु पूर्ण रुपले कार्यान्वयन गर्ने/गराउने।
- नेपाल सरकारबाट स्वीकृत मापदण्ड तथा नीतिहरुको पूर्ण परिपालना गर्ने/गराउने।
- अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप प्रभावकारी बनाउने। अनुगमनको क्रममा विषयविज्ञ तथा नेपाल चिकित्सक संघको समेत प्रतिनिधि सहितको अनुगमन टोली परिचालन गर्ने।
- अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले सेवा, सुविधा, पारिश्रमिक लगायतका विषयमा चासो वा माग राखेकै कारण उनीहरु माथि फरक व्यवहार गर्ने वा सेवाबाट हटाउने कार्य नगर्ने/नगराउने।
- उनीहरुले हाल खाईपाई आएको सेवा सुविधा के कसरी र कति हदसम्म वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सबै सरोकारवालाहरुसँग छलफल/समन्वय गरी प्रस्ताव गर्न निजी अस्पताल संचालक संघ (APHIN) का अध्यक्षलाई जिम्मेवारी दिने।
- अस्पताल तथा स्वास्थ्यसंस्थाहरुमा सूचना व्यवस्थापन नागरिकमैत्री गराउने, स्वास्थ्यकर्मीहरुको आचारसंहित पूर्ण परिपालना गर्ने/गराउने व्यवस्था गर्ने तथा उपचारको क्रममा स्वास्थ्यकर्मीहरु माथि मानसिक र शारिरिक दवाव दिने, संस्थामा तोडफोड गर्ने, हातपात गर्ने जस्ता उत्छृङ्खल क्रियाकलापहरुलाई नियन्त्रण/नियमन गर्न शून्य सहनशीलता (Zero Tolerance) को नीति अपनाउने।
- समय-समयमा सर्वपक्षीय छलफल, अन्तरकृया कार्यक्रमहरु आयोजना गरी कार्यगत वातावरण सृजना गर्ने।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| bbe03211_f4f1_4122_b07d_b1dff372b76b.jpg | 87.81 KB | |
| 646ce002_a919_47bd_befe_daf725571bd4.jpg | 83.49 KB | |
| 7c8c5701_d650_49ef_830b_8afab0a4109b.jpg | 85.39 KB |
