Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी समन्वयात्मक बैठक

2078-01-26

2078-01-26


आज मिति २०७८ साल वैशाख २६ गते आईतबारका दिन प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा तपसिल बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी समन्वयात्मक बैठक बसी निम्न बमोजिमका निर्णयहरु गरियो ।

विशेष आमन्त्रित

प्रमुख श्री विजय कुमार सरावगी,         वीरगंज महानगरपालिका, पर्सा ।

अध्यक्ष श्री प्रभु हजरा                  नेकपा एमाले,

सभापती श्री अजय द्विवेदी              नेपाली कांग्रेस,

अध्यक्ष श्री रामनरेश यादव,                जनता समाजबादी पार्टी,

उपस्थिति

     श्री पिताम्बर घिमिरे              प्रमुख जिल्ला अधिकारी, पर्सा

श्री संजय कुमार ठाकुर            मे.सु. नारायणी अस्पताल, बीरगंज, पर्सा

     श्री बेल बहादुर पाण्डे              प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा

     श्री राजेन्द्र खड्का                स.प्र..उ., स.प्र.ब. नेपाल, पर्सा

     श्री प्रभव विक्रम शाह                   सेनानी, चण्डी प्रसाद गण, पर्सा

      श्री टिका प्रसाद पोखरेल            उप अनु. निर्देशक, रा.अ.जि. कार्यालय, पर्सा

श्री ध्रुव गिरी,                   स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा             श्री भिमकान्त पौडेल                 स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा

 

निर्णय नं १

वीरगंज महानगरपालिकाले विभिन्न स्थानहरुमा स्वाव संकलन गरी परिक्षणको लागि नारायणी अस्पतालमा पठाउने गरेकोमा थप सहजता र प्रभावकारिताका लागि त्यस्ता स्थानहरुमा एन्टिजेन परिक्षणको कार्य प्रारम्भ गर्ने । एन्टिजेन परिक्षणको नतिजा नेगेटिभ आएको तर विरामीमा कोभिड संक्रमणसँग मिल्दो लक्षण देखिएकाहरुको हकमा मात्र स्वाव संकलन गरी RT-PCR परिक्षणको लागि नमूना नारायणी अस्पतामा पठाउने । नारायणी अस्पतालले आवश्यक पर्ने एण्टीजेन किट बीरगंज महानगरपालिकासँग समन्वय गरी ब्यवस्थापन गर्ने ।

निर्णय नं २

नारायणी अस्पतालमा कोभिड-१९ को RT-PCR परीक्षणको कार्य ३ सिफ्टमा २४ सै घण्टा सञ्चालन गर्ने । यसको लागि मेडिकल, माईक्रोबायोलोजिष्ट (MSC/MD) र ल्याब टेक्नोलोजिष्ट गरी ३ जना जनशक्ति आवश्यक प्रक्रिया पुर्‍याई बढीमा ३ महिनाको लागि नारायणी अस्पतालले करारमा राख्ने ब्यवस्था मिलाउने र निजहरुको पारिश्रमिक DCCMC मार्फत उपलब्ध गराउने ।

 

 

 

निर्णय नं ३

जिल्लामा भईरहेको हाल कोभिड-१९ को नियन्त्रण, रोकथाम, प्रतिकार्य र उपचारको कार्यलाई अझ बढी प्रभावकारी बनाउन सबै सम्बद्ध निकायहरुबीच एक आपसमा समन्वय र सहकार्यलाई अझ बढी प्रभावकारी बनाउने ।

 

निर्णय नं ४

कोभिड-१९ को उपचारमा प्रयोग गर्ने गरी नारायणी अस्पतालमा प्राप्त हुन आएको १५० फायल रेम्डिसिभिर र औषधी आवश्यकता र प्राथमिक्ताका अनुसार अस्पताल र चिकित्सकको  सिफारिसमा न्यायोचित तिरकाले उपलब्ध गराउन देहाय बमोजिमको समितिको सिफारिसमा विरामीलाई उपलब्ध गराउने निर्णय गरियो ।

देहाय

  1. संयोजक      डा. निरज सिंह                         नारायणी अस्पताल
  2. सदस्य       श्री विनय कुमार श्रीवास्तव          जिल्ला प्रशासन कार्यालय, पर्सा
  3. सदस्य       श्री जयमोद ठाकुर                जिल्ला स्वास्थ्य कार्याय, पर्सा
  4. सदस्य       श्री सुनिल कर्ण                   बीरगंज महनगरपालिकाको कार्यालय

 

फाईलको नाम डोउनलोड
समन्वयात्मक_बैठक_कोभिड.PDF

DDMC र DCCMCका निर्णयहरु


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:29:17

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .