Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७७ पौष २ गतेको बैठकको निर्णय हरु

2077-09-03

2077-09-03


निर्णय नं १

पर्सा जिल्लाको कोभिड-१९ को अवस्थाको विषयमा समिक्षा गरियो । कोभिड-१९ को नियन्त्रण, रोकथाम तथा व्यवस्थापनको सन्दर्भमा हालसम्म भएको रु ६२,००,०००।- (अक्षेरुपी बैसठ्ठी लाख) खर्च समर्थन गरियो ।

 

निर्णय नं २

पर्सा जिल्लाका विभिन्न स्थानमा मौसम परिवर्तन संगै शीत लहर, जाडो लगायतका अन्य कारणबाट आउने विपदको हालको अवस्था एवं विपदबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न विगतका बैठकमा भएका निर्णयहरु र आगामी दिनमा गर्नु पर्ने कार्यहरुको  सम्बन्धमा विश्लेषणात्मक समिक्षा भयो ।

 

निर्णय नं. ३

गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्र) को मिति 207७/08/२३ च.नं. ८७ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति २०७७-०८-१७, च.नं. १७४ को पत्र पढी वाची व्यहोरा अवगत भयो । पत्रमा उल्लेख भएका नेपाल सरकार (सचिव स्तरीय) निर्णय र राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको नवौ बैठकमा भएका निर्णयहरु सम्बन्धित सबैले आ-आफ्नो क्षेत्रबाट तदारुक्ताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरियो ।

निर्णय नं. ४

चालु आ.ब. ०७७-७८ का लागि तयार गरिएको शितलहर पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अनुमोदन गर्ने निर्णय गरियो ।

 

निर्णय नं. ५

जाडो मौसममा शीत लहर, चिसो र ठण्डीका कारणबाट आउने विपदबाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न तपसिल बमोजिमको जिम्मेवारी तोक्ने र सम्बन्धित सबै निकायले सम्बन्धित पक्षमा एक आपसमा समन्वय गरी विपद न्यूनीकरणमा सहयोग गर्ने ।

 

क्र.सं.

जोखिम न्यूनीकरण गर्नु पर्ने कार्य तथा पूर्व तयारी

जिम्मेवार निकाय

1.

प्रभावित क्षेत्र/गाउँ/टोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी राहत तथा उद्धारको लागि आवश्यक पर्ने इन्धन, दाउरा, न्यानो कपडा कम्वल लगायतका आवश्यक सामाग्रीको भण्डारण गरी विपद्को समयमा तुरुन्त प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा रहने ।

सबै स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य संघ, सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरु ।

2.

आवश्यक दाउराको व्यवस्था ।

स्थानीय तह, डिभिजन वन कार्यालय

3.

प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने सामाग्री जनशक्तिको व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम संगसंगै विपद् सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने ।

स्थानीय तह,नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी

4.

विपद पूर्व तथा विपद पश्चात स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न आवश्यक पर्ने औषधी, एम्बुलेन्स, आवश्यक चिकित्सकको व्यवस्था ।

स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, रेडक्रस, स्वास्थ्य संस्था, निजी तथा सरकारी अस्पताल

5.

न्यानो रहनको लागि आगोको प्रयोग गर्दा आगोलागी तथा निसासिने समस्यबाट बच्न चेतनामूलक तथा सन्देशमूलक सूचना प्रकाशित गर्ने ।

स्थानीय तह, सुरक्षा निकाय, पत्रकार महासंघ, डिभिजन वन कार्यालय

6.

कृषि बाली, पशुपंक्षीको क्षतिलाई न्यूनीकरण गर्न आवश्यक औषधोपचार तथा यसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा सन्देशमूलक सूचना प्रचार प्रसार गराउने र शीत लहरबाट अन्नबाली पशुपंक्षीको क्षति भएमा कृषकहरुलाई मल बीउ पशु पंक्षी उपचार तथा प्राविधिक सहयोग उपलब्ध गराउने ।

स्थानीय तह, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, भेटनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्र

7.

कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने एवं सर्भे समूह गठन गरी यस्तो स्थानको Mapping गर्ने, दुर्घटना स्थानको पहिचान गर्ने, सांकेतिक चिन्ह राख्ने, सूचनामूलक सन्देश राख्ने ।

स्थानीय तह, सुरक्षा निकाय, डिभिजन सडक कार्यालय, ट्राफिक प्रहरी कार्यालय

8.

शीत लहर तथा चिसोबाट वच्न विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

स्थानीय तह, स्थानीय शिक्षा इकाई, शिक्षा विकास तथा समन्वय इकाई, सुरक्षा निकाय

 

निर्णय नं. ६

पर्सा जिल्लामा शितलहर तथा चिसोजन्य विपद्‍बाट प्रभावित हुन सक्ने संकटापन्न व्यक्तिहरु  तथा परिवारका लागि यस आर्थिक बर्षका लागि संघीय सरकारबाट प्राप्त रु.१५,००,०००।-,आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं २, जनकपुरबाट प्राप्त रु.१०,००,०००।- र स्थानीय तहहरुबाट प्राप्त १९,००,०००।- गरी जम्मा प्राप्त रकम रु. ४४,००,०००।- (चौवालिस लाख)  मध्येबाट जिल्लाका ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकहरुलाई एक/एक थान टोपी, वडी वार्मर (Body Warmer) र कम्बल उपलब्ध गराउने । जाडोको समय सुरु भई सकेकोले खरिद प्रकृया सम्बन्धी संक्षिप्त कार्यविधि अवलम्बन गरी खरिद प्रकृया अगाडी बढाउने साथै नि शुल्क स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरियो ।माथि उल्लेखित न्यानो कपडाको नमूना छनौटको लागि निम्न अनुसारको नमूना छनौट समिति गठन गर्ने निर्णय गरियो ।

            संयोजक- स.प्र.जि.अ. श्री भिमकान्त पौडेल     जिल्ला प्रशासन कार्यालय

                  सदस्य- प्रमुख श्री विजय कुमार चौरसिया                  पकहाँ मैनपुर गाउँपालिका

            सदस्य- प्र.प्र.अ. श्री संदेश यादव                  सखुवा प्रसौनी गाउँपालिकाको कार्यालय

            सदस्य- प्र.अ. श्री विनय कुमार श्रीवास्तव           जिल्ला प्रशासन कार्यालय

            सदस्य छविरमण भट्टराई                       जिल्ला समन्वय समिति, पर्सा

            सदस्य- शैलेन्द्र कुमार उपाध्याय                 नेपाल रेडक्र सोसाईटी              

 

 

 

 

                                                                 

निर्णय नं. ७

जिल्लास्थित स्थानीयतहहरुले आ-आफ्नो स्थानीय तहहरुमा न्यानो कपडा प्राप्त गर्न नसकेका समस्यामा परेका विपन्न नागरिकहरुलाई दोहोरो नपर्ने गरी स्थानीय विपद् व्यवस्थापन कोषबाट न्यानो कपडा उपलब्ध गराउने व्यवस्था मिलाउने ।

निर्णय नं. ८

डिभिजन वन कार्यालय, पर्साले स्थानीय तहसँग समन्वय गरी चिसोबाट वढी प्रभावित बस्तीहरु पहिचान गरी ती बस्तीहरुमा सामुहिक रुपमा तातोको व्यवस्था गर्नको लागि सार्वजनिक स्थल, चोक वा टोलको केन्द्रमा आगो बाल्न नि:शुल्क दाउरा उपलब्ध गराउने निर्णय गरियो ।

 

निर्णय नं. ९

नारायणी अस्पतालले चिसोबाट प्रभावित विपन्न, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला तथा बालबालिकाहरुको सम्बन्धीत स्थानीय तहको विपन्नताको कसिफारिसको आधारमा नि¨शुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरियो ।

निर्णय नं १०

गृह मन्त्रालय (विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पूनर्लाभ शाखा) बाट प्राप्त विपद् खोज तथा उद्दार सामाग्री खरिदको लागि विनियोजित २७,००,०००।- बाट तोकि आएको स्पेसिफिकेसन बमोजिमको सामाग्री खरिदको लागि खरिद प्रकृया अगाडी बढाउने निर्णय गरियो ।

 

 

फाईलको नाम डोउनलोड
जिल्ला_विषद्_व्यवस्थापन_समितिको_निर्णय_२०७७_०९_०२.docx

DDMC र DCCMCका निर्णयहरु


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:29:17

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .