Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७८ पौष २ गते बसेको बैठकको निर्णय

2078-09-02

2078-09-02


निर्णय नं १

मिति २०७८ साल असोज १ गते देखि २०७८ साल मंसिर २९ गते सम्म बर्षा/बाढीबाट घर क्षति भएका ७ जानालाई जनही रु. ५०००।– पाँच हजारको दरले रु. ३५,०००।- र आगलगिबाट घर जली नष्ट भएका १२ जना लाई जम्मा रु. ६५,०००।– हजार गरी जम्मा १९ जना घरपरिवारलाई तत्काल राहत स्वरुप जिल्ला विपद् व्यवस्थापन कोषबाट खर्च भएको जम्मा रकम रु. १,००,०००।– (एक लाख) को खर्च समर्थन गर्ने निर्णय गरियो ।

 

निर्णय नं २

पर्सा जिल्लाका विभिन्न स्थानमा मौसम परिवर्तन संगै शीत लहर, जाडो लगायतका अन्य कारणबाट आउने विपदको हालको अवस्था एवं विपदबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न विगतका बैठकमा भएका निर्णयहरु र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको  सम्बन्धमा विश्लेषणात्मक समिक्षा भयो ।

 

निर्णय नं. ३

गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको मिति 207८/08/०२, च.नं. ८८ र मिति २०७८-०९-०१, च.नं. १२८ को पत्र पढी वाची व्यहोरा अवगत भयो । पत्रमा उल्लेख भएका नेपाल सरकार (सचिव स्तरीय) निर्णयहरु सम्बन्धित सबैले आ-आफ्नो क्षेत्रबाट तदारुक्ताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरियो ।

निर्णय नं. ४

चालु आ.ब. ०७८-७९ का लागि तयार गरिएको शितलहर पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अनुमोदन गर्ने निर्णय गरियो ।

 

निर्णय नं. ५

जाडो मौसममा शीत लहर, चिसो र ठण्डीका कारणबाट आउने विपदबाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न तपसिल बमोजिमको जिम्मेवारी तोक्ने र सम्बन्धित सबै निकायले सम्बन्धित पक्षमा एक आपसमा समन्वय गरी विपद न्यूनीकरणमा सहयोग गर्ने ।

 

क्र.सं.

जोखिम न्यूनीकरण गर्नु पर्ने कार्य तथा पूर्व तयारी

जिम्मेवार निकाय

1.

प्रभावित क्षेत्र/गाउँ/टोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी राहत तथा उद्धारको लागि आवश्यक पर्ने इन्धन, दाउरा, न्यानो कपडा कम्वल लगायतका आवश्यक सामाग्रीको भण्डारण गरी विपद्को समयमा तुरुन्त प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा रहने ।

सबै स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य संघ, सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरु ।

2.

आवश्यक दाउराको व्यवस्था ।

स्थानीय तह, डिभिजन वन कार्यालय

3.

प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने सामाग्री जनशक्तिको व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम संगसंगै विपद् सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने ।

स्थानीय तह,नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी

4.

विपद पूर्व तथा विपद पश्चात स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न आवश्यक पर्ने औषधी, एम्बुलेन्स, आवश्यक चिकित्सकको व्यवस्था ।

स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, रेडक्रस, स्वास्थ्य संस्था, निजी तथा सरकारी अस्पताल

5.

न्यानो रहनको लागि आगोको प्रयोग गर्दा आगोलागी तथा निसासिने समस्यबाट बच्न चेतनामूलक तथा सन्देशमूलक सूचना प्रकाशित गर्ने ।

स्थानीय तह, सुरक्षा निकाय, पत्रकार महासंघ, डिभिजन वन कार्यालय, रेडक्रस

6.

कृषि बाली, पशुपंक्षीको क्षतिलाई न्यूनीकरण गर्न आवश्यक औषधोपचार तथा यसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा सन्देशमूलक सूचना प्रचार प्रसार गराउने र शीत लहरबाट अन्नबाली पशुपंक्षीको क्षति भएमा कृषकहरुलाई मल बीउ पशु पंक्षी उपचार तथा प्राविधिक सहयोग उपलब्ध गराउने ।

स्थानीय तह, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, भेटनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्र

7.

कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने एवं सर्भे समूह गठन गरी यस्तो स्थानको Mapping गर्ने, दुर्घटना स्थानको पहिचान गर्ने, सांकेतिक चिन्ह राख्ने, बाटोमा राखिएको निर्माण सामाग्री, अव्यस्थित पार्किङ्ग र वाटो अवरोध हटाउने बारे सूचनामूलक सन्देश राख्ने ।

स्थानीय तह, सुरक्षा निकाय, डिभिजन सडक कार्यालय, ट्राफिक प्रहरी कार्यालय

8.

शीत लहर तथा चिसोबाट वच्न विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

स्थानीय तह, स्थानीय शिक्षा इकाई, शिक्षा विकास तथा समन्वय इकाई, सुरक्षा निकाय

 

निर्णय नं. ६

पर्सा जिल्लामा शितलहर तथा चिसोजन्य विपद्‍बाट प्रभावित हुन सक्ने विपन्न जेष्ठ नागरिकहरु, संकटापन्न व्यक्तिहरु तथा परिवारका लागि यस आर्थिक बर्षका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रु. २०,००,०००।– (बीस लाख) सम्मको कम्बल/व्लायङकेट, टोपी र BODY WARMER खरिद गरी उपलब्ध गराउने । जाडोको समय सुरु भई सकेकोले खरिद प्रकृया सम्बन्धी संक्षिप्त कार्यविधि अवलम्बन गरी खरिद प्रकृया अगाडी बढाउने ।माथि उल्लेखित न्यानो कपडाको नमूना छनौटको लागि निम्न अनुसारको नमूना छनौट समिति गठन गर्ने निर्णय गरियो ।

            संयोजक- स.प्र.जि.अ. श्री भिमकान्त पौडेल     जिल्ला प्रशासन कार्यालय

                  सदस्य- श्री श्याम पटेल                   राजनीतिक दल तर्फबाट

सदस्य- श्री बिरेन्द्र राज कडेल              रेडक्रस सोसाईटी पर्सा

            सदस्य- श्री प्रेमचन्द्र गोयल                बीरगंज उद्योग वाणिज्य संघ

            सदस्य- प्र.अ. श्री विनय कुमार श्रीवास्तव  जिल्ला प्रशासन कार्यालय, पर्सा

 

                                                                 

निर्णय नं. ७

जिल्लास्थित स्थानीयतहहरुले आ-आफ्नो स्थानीय तहहरुमा न्यानो कपडा प्राप्त गर्न नसकेका समस्यामा परेका विपन्न नागरिकहरुलाई दोहोरो नपर्ने गरी स्थानीय विपद् व्यवस्थापन कोषबाट न्यानो कपडा उपलब्ध गराउने व्यवस्था मिलाउने ।

 

 

निर्णय नं. ८

डिभिजन वन कार्यालय, पर्साले चिसोबाट प्रभावित बस्तीहरूमा सामुहिक रुपमा तातोको व्यवस्था गर्नको लागि सार्वजनिक स्थल, चोक वा टोलको केन्द्रमा आगो बाल्न पर्सा जिल्लास्थित गाउँपालिकालाई-२(दुई) चट्टा, नगरपालिकालाई-४(चार) चट्टा र महानगरपालिकालाई-८ (आठ) चट्टा दाउरा उपलब्ध गराउन पत्रचार गर्ने निर्णय गरियो ।

 

निर्णय नं. ९

नारायणी अस्पतालले चिसोबाट प्रभावित विपन्न, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला तथा बालबालिकाहरुको सम्बन्धीत स्थानीय तहको विपन्नताको सिफारिसको आधारमा नि¨शुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरियो ।

 

 

फाईलको नाम डोउनलोड
DDMC_2078_09_02.PDF

DDMC र DCCMCका निर्णयहरु


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:29:17

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .