Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७८-०२-३१ मा भएका निर्णयहरु

2078-02-31

2078-02-31


निर्णय नं १

यस आर्थिक वर्षमा जिल्ला पर्सा बीरगंज म.न.पा-२० निवासी प्रदिप कुमार चौरसियाको जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा.मा पहिरोले पुरिएर मृत्यू भएकोमा निजको हकवालालाई प्रदान गरिएको राहत रकम रु. १००,०००।–(एक लाख) र यस जिल्लामा आगलगि पिडित ४८ जनालाई जनही रु.५,०००।– (पाँच हजार) को दरले वितरण गरिएको तत्काल राहत रकम रु. २,४०,०००।– (दुईलाख चालिस हजार) गरी जिल्ला विपद् व्यवस्थापन कोषबाट भएको जम्मा खर्च रु. ३,४०,०००।– (तीन लाख चालिस हजार) को खर्च समर्थन गर्ने निर्णय गरियो ।

 

निर्णय नं २

पर्सा जिल्लाका विभिन्न स्थानमा यस वर्षको मनसुनबाट आउन सक्ने विपदको अवस्था एवं विपदबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न विगतका बैठकमा भएका निर्णयहरुको समिक्षा र आगामी दिनमा गर्नु पर्ने कार्यहरुको सम्बन्धमा सम्बद्ध निकायहरुको तयारी अवस्थाको प्रस्तुती एवं आगामी दिनमा गर्ने कार्यहरुको बारेमा छलफल भयो ।

 

निर्णय नं. ३

गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्र) को मिति 207८/0२/२८ च.नं. १८९ पत्र बैठकमा प्रस्तुती भई पत्रमा उल्लेख भए बमोजिम नेपाल सरकार (मा. मन्त्रीस्तर) को निर्णयानुसार प्राप्त निर्देशन सम्बन्धित सबैले आ-आफ्नो क्षेत्रबाट तदारुकताका साथ कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४

चालु आ.ब. ०७७-७८ का लागि तयार गरिएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अनुमोदन गर्ने निर्णय गरियो ।सबै निकायले यस वर्ष मनसुन जन्य विपद् (डुबान, बाढी) जस्ता विपद्मा खोज तथा उद्दार र राहत लगायतका कार्यहरु यसै योजना बमोजिम गर्ने/गराउने निर्णय गरियो ।

निर्णय नं. ५

सबै स्थानीयतहहरुले यसै बमोजिम आ-आफ्नो स्थानीय तहको स्थानीय मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना-२०७८ तुरुन्त तयारी गरी सोही बमोजिम कार्यान्वयन गर्ने/गराउने निर्णय गरियो ।

           

निर्णय नं. ६

मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजनाले किटानी गरे बमोजिम सबै सुरक्षा निकाय लगायत सम्बद्ध निकायहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य गर्ने गरी जनशक्ति, उपकरण एवं स्रोत साधनको      यथोचित व्यवस्था  गरी तम्तयारी अवस्थामा रहने ।

 

 

 

 

 

 

निर्णय नं. ७

उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहजिकरण गर्ने ।

 

निर्णय नं. ८

अत्यावश्यक सामग्री (जस्तै-खानेकुरा, कपडा, औषधि, पानी) हरुको आवश्यक भण्डारण गर्ने ।

 

निर्णय नं. ९

कोभिड महामारी र मनसुनजन्य विपद् प्रतिकार्यको लागि विभिन्न विषयगत क्षेत्र (Clusters) सक्रिय रही आ-आफ्नो विषयगत क्षेत्रहरुलाई समेत परिचालन गरी मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यमा जुट्ने ।

 

निर्णय नं. ११

कोभिड-१९ का सुरक्षात्मक उपायहरु समेत अबलम्बन गरी खोज तथा उद्दार कार्य प्रभावकारी रुपमा गर्ने गराउने ।

निर्णय नं. १२

यस जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना-२०७८ को मस्यौदा तयार गरी पेश गर्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई दिने ।

 

 

 

 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
विपद_निर्णय_२_३१.PDF 1.41 MB

पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा