जिल्ला प्रशासन कार्यालय, पर्साको अत्यन्त जरुरी सुचना
२०७९-०१-२६
२०७९-०१-२६
जिल्ला प्रशासन कार्यालय, पर्साको अत्यन्त जरुरी
सुचना
सम्बत् २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउनको लागि देहाय बमोजिमका व्यवस्थाहरु गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यस सूचनाको बर्खिलाप हुने गरी कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
- मिति २०७९ वैशाख २७ गते मंगलबारका दिन राती १२:०० बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि यस पर्सा जिल्ला भरी मादक पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवन कार्य सख्त निषेध गरिएको छ ।
- मतदानको दिनको ४८ घण्टा अगाडी (मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२:०० बजे ) देखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि यस जिल्लाको भारतसँग जोडिएका सीमा नाकाबाट आवतजावत बन्द गरिएको छ ।
- मतदान स्थलमा क्याम्रा, मोबाइल फोन लैजान र अनधिकृतरुपमा मतदान केन्द्रको फोटो लिन निषेध गरिएको छ ।
|
उमेश कुमार ढकाल प्रमुख जिल्ला अधिकारी |
|
मिति : २०७९-०१-२६ |
