Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयहरु (२०७८-०३-१३)

2078-03-13

2078-03-13


आज मिति २०७८ साल असार १३ गते आईतबारका दिन जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा तपसिल बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बसी निम्न बमोजिमका निर्णयहरु गरियो ।

विशेष आमन्त्रित

प्रमुख श्री विजय कुमार सरावगी    वीरगंज महानगरपालिका, पर्सा ।

अध्यक्ष श्री प्रभु हजरा            नेकपा एमाले,

सचिव श्री श्याम पटेल                  नेपाली कांग्रेस,

प्रतिनिधि श्री छोटेलाल यादव       नेकपा माओबादी केन्द्र     

अध्यक्ष श्री रामनरेश यादव,         जनता समाजबादी पार्टी,

उपस्थिति

     अध्यक्ष श्री पिताम्बर घिमिरे       प्रमुख जिल्ला अधिकारी, पर्सा

      सदस्य श्री डा. बिरेन्द्र बहादुर प्रधान   नि.मे.सु. नारायणी अस्पताल, बीरगंज, पर्सा

     सदस्य श्री मदनजंग राणा         प्रमुख सेनानी, चण्डी प्रसाद गण, पर्सा

     सदस्य श्री बेल बहादुर पाण्डे       प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा

     सदस्य श्री राजेन्द्र खड्का          स.प्र..उ., स.प्र.ब. नेपाल, पर्सा

     सदस्य श्री टिका प्रसाद पोखरेल      उप अनु. निर्देशक, रा.अ.जि. कार्यालय, पर्सा

सदस्य श्री छविरमण भट्टराई       नि.जि.स.अ., जिल्ला समन्वय समिति, पर्सा

सचिव श्री खगेन्द्र बहादुर मल्ल     स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा

 आमन्त्रित

अध्यक्ष श्री अनुप तिवारी,               नेपाल पत्रकार महासंघ, पर्सा।

वरिष्ठ उपाध्यक्ष श्री अनिल अग्रवाल,      बीरगंज उद्योग वाणिज्य संघ, पर्सा।     

नि.का.प्र. श्री नवल किशोर साह,         स्वास्थ्य कार्यालय, पर्सा

सभापति श्री बिरेन्द्र राज कडेल,          नेपाल रेडक्रस सोसाइटी, पर्सा।

 

 

 

 

 

 

 

 

 

 

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयहरु (२०७८-०३-१३)

 

निर्णय नं १

जिल्ला कोभिड व्यवस्थापन समितिको पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २

यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएको एवं जिल्लामा संक्रमणको दर घट्दो क्रममा रहेको सन्दर्भमा जारी पूर्व आदेशलाई सोही बमोजिम परिमार्जन सहित मिति २०७८-०३-२० गते राती १२:०० सम्मका लागि देहाय बमोजिमको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

देहाय

  1. घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भिडभाडजन्य कार्य नगर्ने ।
  2. अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिड भाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालय/निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने/गराउने । सो को उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय/निकायको प्रमुखले मिलाउने ।
  3. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।
  4. नित्य दैनिक पूजाआजा बाहेक मानिस जम्मा भेला भई धार्मिक स्थलहरुमा धार्मिक एवं साँस्कृतिक क्रियाकलापहरु गर्न पाईने छैन ।
  5. मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला ब्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारी साधनहरु र निजी सवारी साधनहरु सञ्चालन गर्न पाईने ।
  6. सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।
  7. कृषि (बिउ बिजन, मलखाध लगायत) तथा पशु पंक्षी सम्बद्ध कार्यहरु गर्न/गराउन सकिने ।
  8. मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध/नामाकरण जस्ता सामाजिक कार्यमा बढीमा २ (दुई) वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर लगाई प्रयोग गर्न सकिने छ ।
  9. बिकास निर्माणका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन सकिने छ । आयोजना/कार्यालय प्रमुखको सिफारिसमा विकास निर्माण कार्यसँग सम्बन्धित कर्मचारी र जनशक्तिले प्रयोग गर्ने सवारी साधनको आवत जावतमा जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्ने । निर्माण सामाग्रीको ढुवानी बेलुका ८:०० बजे देखी विहान ८:०० बजेसम्म गर्ने ।
  10. स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी/गराई बजार एवं पसल खोल्ने । स्वास्थ्य सुरक्षाका मपदण्ड पालना नगरेको पाईएमा नियमानुसार कारवाही हुने ।
  11. होटेल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डहरुको परिपालना गरी टेक अवे सेवा र होम डेलिभरीको सेवा मात्र गर्ने गरी सञ्चालन गर्ने ।
  12. विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १५ जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न/गराउन नपाइने ।
  13. उद्योग, कलकारखाना सञ्चालन, सार्वजनिक विकास निर्माण एवं निजी निर्माण जस्ता कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गर्न/गराउन सकिने ।
  14. बीरगंज (ईनर्वा) नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
  15. यस जिल्लाको बीरगंज (ईनर्वा) सीमा नाकाबाट बिदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।

निर्णय नं ३

नारायणी अस्पतालबाट प्रवाह हुने ओ.पि.डी. लगायतका नियमित सेवाहरु यथाशिघ्र सञ्चालनमा ल्याउने ।

 

 

 

 

 

निर्णय नं ४

यस जिल्लाको बीरगंज म.न.वा. वडा नं-१६ स्थित सीमा नाकामा बीरगंज भन्सार कार्यालयको जग्गामा नेपाली सेनाद्वारा निर्माण हुने १००० (एक हजार) बेड क्षमताको होल्डिङ्ग सेन्टरको ठेक्का सम्झौता भई निर्माण कार्य शुरु भएको हुँदा उक्त स्थानमा Site Clearance, विद्युत तथा खानेपानीको व्यवस्था लगायत अन्य आवश्यक पर्ने विषयमा आवश्यक सहयोग/समन्वय र सहजीकरण गर्ने ।

निर्णय नं ५

गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को च.नं. ३३८२, मिति २०७८-०२-३० गतेको पत्रानुसार प्राप्त एकिकृत कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार कार्य योजनाको वुंदा नं १० मा उल्लेख भए बमोजिम सिमा नाका प्रवेश बिन्दुमा निर्माणाधिन अवस्थामा रहेको होल्डिङ्ग सेन्टरको व्यवस्थापन एवं सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय, पर्साको प्रशासकीय अधिकृत श्री विनय कुमार श्रीवास्तवको संयोजकत्वमा तपिसिल बमोजिमका सदस्यहरु रहने गरी होल्डिङ्ग सेन्टर व्यवस्थापन समिति गठन गर्ने निर्णय गरियो ।

तपशिल         

    प्र.अ. श्री विनय कुमार श्रीवास्तव, जिल्ला प्रशासन कार्यालय, पर्सा- संयोजक

अधिकृत प्रतिनिधि -       श्री चण्डी प्रसाद गण             

अधिकृत प्रतिनिधि –       श्री जिल्ला प्रहरी कार्यालय, पर्सा         

अधिकृत प्रतिनिधि-        श्री सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा पर्सा

अधिकृत प्रतिनिधि-        श्री स्वास्थ्य कार्यालय, पर्सा ।

अधिकृत प्रतिनिधि-        श्री नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय, पर्सा

अधिकृत प्रतिनिधि-        श्री बीरगंज महानगरपालिकाको कार्यालय, पर्सा

प्रतिनिधि-                श्री बीरगंज उद्योग वाणिज्य संघ, पर्सा    

         

 

फाईलको नाम डोउनलोड
DCCMC_निर्णय_3_13.PDF

DDMC र DCCMCका निर्णयहरु


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:29:17

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .