Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय २०७८-०३-२०

2078-03-20

2078-03-20


आज मिति २०७८ साल असार २० गते आईतबारका दिन जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा तपसिल बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बसी निम्न बमोजिमका निर्णयहरु गरियो ।

विशेष आमन्त्रित

प्रमुख श्री विजय कुमार सरावगी    वीरगंज महानगरपालिका, पर्सा ।

अध्यक्ष श्री प्रभु हजरा            नेकपा एमाले,

सचिव श्री श्याम पटेल                  नेपाली कांग्रेस,

प्रतिनिधि श्री छोटेलाल यादव       नेकपा माओबादी केन्द्र     

अध्यक्ष श्री रामनरेश यादव,         जनता समाजबादी पार्टी,

उपस्थिति

     अध्यक्ष श्री पिताम्बर घिमिरे       प्रमुख जिल्ला अधिकारी, पर्सा

    सदस्य श्री डा. उदय नारायण सिंह      नारायणी अस्पताल, बीरगंज, पर्सा

     सदस्य श्री मदनजंग राणा          प्रमुख सेनानी, चण्डी प्रसाद गण, पर्सा

     सदस्य श्री बेल बहादुर पाण्डे          प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा

     सदस्य श्री राजेन्द्र खड्का             स.प्र..उ., स.प्र.ब. नेपाल, पर्सा

     सदस्य श्री टिका प्रसाद पोखरेल      उप अनु. निर्देशक, रा.अ.जि. कार्यालय, पर्सा

     सदस्य श्री छविरमण भट्टराई       नि.जि.स.अ., जिल्ला समन्वय समिति, पर्सा

     सचिव श्री भिमकान्त पौडेल         स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा

 आमन्त्रित

अध्यक्ष श्री अनुप तिवारी,               नेपाल पत्रकार महासंघ, पर्सा।

वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल,   बीरगंज उद्योग वाणिज्य संघ, पर्सा।     

नि.का.प्र. श्री नवल किशोर साह,         स्वास्थ्य कार्यालय, पर्सा

सभापति श्री बिरेन्द्र राज कडेल,          नेपाल रेडक्रस सोसाइटी, पर्सा।

 

 

 

जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको निर्णयहरु (२०७८-०३-२०)

निर्णय नं १

जिल्ला कोभिड व्यवस्थापन समितिको पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २

यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएको एवं जिल्लामा संक्रमणको दर घट्दो क्रममा रहेको सन्दर्भमा जारी पूर्व आदेशलाई सोही बमोजिम परिमार्जन सहित देहाय बमोजिमको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

देहाय

  1.  घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भिडभाडजन्य कार्य नगर्ने ।
  2. अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिड भाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालय/निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने/गराउने । सो को उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय/निकायको प्रमुखले मिलाउने ।
  3. स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई निजी सवारी साधन र जिल्ला भित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यात्रुवाहक सवारी साधनहरु सञ्चालन गर्न पाईने ।
  4. स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई बजार एवं पसल खोल्ने । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पाईएमा नियमानुसार कारवाही हुने .
  5. विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा २५ जना सम्मको उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड परिपालना गरी गर्न सकिने छ ।
  6. उद्योग, कलकारखाना सञ्चालन, सार्वजनिक विकास निर्माण, पेशा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्ने/गराउने।
  7. यस जिल्लाको बीरगंज (ईनर्वा) सीमा नाकाबाट बिदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।
  8. होटेल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा परिपालना गरी आफ्नो कूल क्षमताको पचास प्रतिशत क्षमतामा मात्र सञ्चालन गर्ने  ।

सञ्चालन गर्न रोक लगाईएका कार्य/क्रियाकलापहरु

  1. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न ।
  2. नित्य दैनिक पूजाआजा बाहेक मानिस जम्मा भेला भई धार्मिक स्थलहरुमा धार्मिक एवं साँस्कृतिक क्रियाकलापहरु गर्न ।
  3. लामो दूरीका एवं जिल्ला बाहिर गन्तब्य हुने गरी सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालन गर्न ।
  4. बीरगंज (ईनर्वा) नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा गर्न ।

 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
निर्णय_३_२०.PDF 2.93 MB

पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा