Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय २०७८-०२-३०

2078-02-30

2078-02-30


आज मिति २०७८ साल जेठ ३० गते आईतबारका दिन जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा तपसिल बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बसी निम्न बमोजिमका निर्णयहरु गरियो ।

विशेष आमन्त्रित

प्रमुख श्री विजय कुमार सरावगी    वीरगंज महानगरपालिका, पर्सा ।

अध्यक्ष श्री प्रभु हजरा            नेकपा एमाले,

सभापती श्री अजय द्विवेदी        नेपाली कांग्रेस,

प्रतिनिधि श्री छोटेलाल यादव       एकिकृत नेकपा माओबादी  

अध्यक्ष श्री रामनरेश यादव,         जनता समाजबादी पार्टी,

उपस्थिति

     अध्यक्ष श्री पिताम्बर घिमिरे       प्रमुख जिल्ला अधिकारी, पर्सा

      सदस्य श्री डा. बिरेन्द्र प्रधान       नि.मे.सु. नारायणी अस्पताल, बीरगंज, पर्सा

     सदस्य श्री मदनजंग राणा         प्रमुख सेनानी, चण्डी प्रसाद गण, पर्सा

     सदस्य श्री बेल बहादुर पाण्डे       प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा

     सदस्य श्री राजेन्द्र खड्का          स.प्र..उ., स.प्र.ब. नेपाल, पर्सा

     सदस्य श्री टिका प्रसाद पोखरेल      उप अनु. निर्देशक, रा.अ.जि. कार्यालय, पर्सा

सदस्य श्री छविरमण भट्टराई       नि.जि.स.अ., जिल्ला समन्वय समिति, पर्सा

सचिव श्री भिमकान्त पौडेल        स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा

 आमन्त्रित

अध्यक्ष श्री सुबोध गुप्ता,         बीरगंज उद्योग वाणिज्य संघ, पर्सा।     

अध्यक्ष श्री अनुप तिवारी,         नेपाल पत्रकार महासंघ, पर्सा।

नि.का.प्र. श्री नवल किशोर साह,   स्वास्थ्य कार्यालय, पर्सा

सभापति श्री बिरेन्द्र राज कडेल,    नेपाल रेडक्रस सोसाइटी, पर्सा।

 

 

 

 

 

 

 

 

 

 

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयहरु (२०७८-०२-३०)

 

निर्णय नं १

DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २

यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई परिमार्जन सहित यही मिति २०७८-०३-०६ गते राती १२:०० बजेसम्म थप गर्न उपयुक्त देखी देहाय बमोजिमको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

देहाय

  1. औषधी उपचार एवं यस आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कने र हिँडडुल नगर्ने । घरबाट बाहिर निस्कनै पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने ।
  2. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।
  3. मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।
  4. मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध/नामाकरण जस्ता सामाजिक कार्यमा बढीमा २ (दुई) वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ ।
  5. बिकास निर्माणका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन सकिने छ । आयोजना/कार्यालय प्रमुखको सिफारिसमा विकास निर्माण कार्यसँग सम्बन्धित कर्मचारी र जनशक्तिले प्रयोग गर्ने सवारी साधनको आवत जावतमा जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्ने । निर्माण सामाग्रीको ढुवानी बेलुका ८:०० बजे देखी विहान ८:०० बजेसम्म गर्ने ।
  6. खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य वस्तुका पसलहरु, कृषि र भेटनरी सम्बद्ध (बीउबीजन लगायतका) पसलहरु, निर्माण सामाग्रीका पसलहरु, वर्कसप, विहान १२:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाईने छ । तर सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा पर्नेछैन ।
  7. विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १५ जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न/गराउन नपाइने ।
  8. अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी, सार्वजनिक एवं नीजि सेवा प्रवाह हाललाई स्थगन गर्ने ।
  9. अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने ।
  10. बैंक तथा वित्तीय संस्थाहरुले ATM लगायतका विद्युत्तीय कारोबारमा जोड दिने । कार्यालयका कूल कर्मचारीको एक चौथाई कर्मचारी मात्र उपस्थित भई सेवा प्रदान गर्ने ।
  11. उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी एवं स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी  उद्योग सञ्चालन गर्न सक्ने ।
  12. कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामाग्री (मास्क, स्यानीटाईजर, साबुन, पञ्जा, अक्सिजन उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गरी सञ्चालन गर्न सकिने ।
  13. बीरगंज (ईनर्वा) नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
  14. यस जिल्लाको बीरगंज सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।

 

 

 

निर्णय नं ३

यस जिल्लाको बीरगंज म.न.पा. वडा नं-१६ स्थित बीरगंज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिम पट्टीको खाली जग्गामा होल्डिङ्ग सेन्टर निर्माणको लगि मिति २०७८-०१-२९ गते बसेको जिल्ला कोभिड-१९ संक्ट व्यवस्थापन केन्द्रको बैठकबाट सिफारिस भएकोमा हाल बजेट सहित ठेक्का प्रक्रिया समेत अघि बढेको बुझिन आएकोले उक्त जग्गामा नै होल्डिङ्ग सेन्टर बनाउने गरी व्यवस्थापन गर्ने निर्णय गरियो ।

 

निर्णय नं ४

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८-०१-१४ गतेको निर्णयानुसार नियुक्त गरिएका स्टाफ नर्स प्रतिमा जयसवालले राजिनामा दिएकोले उक्त रिक्त पदमा नारायणी अस्पताल विकास समितिको च.नं. ३२४२, मिति २०७८-०२-१७ गतेको पत्रबाट सिफारिस भई आएको स्टाफ नर्स श्री अर्चना यादवलाई नियुक्त गरी प्रदेश सरकारले DCCMC लाई उपलब्ध गराएको बजेटबाट नियमानुसारको  पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।

 

 

 

 

फाईलको नाम डोउनलोड
निर्णय_२_३०.PDF

DDMC र DCCMCका निर्णयहरु


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-11 13:29:17

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .