Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCMC) को मिति २०७८-०९-२५ गतेको निर्णय

2078-09-25

2078-09-25


 कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी सर्वदलीय सर्वपक्षीय बैठकको

 मिति २०७८-०९-२५ गतेको निर्णय

  1. नेपाल सरकारद्वारा संचलित खोप अभियानलाई सबै स्थानीय तहहरुले प्रचार प्रसार गरी सफल पार्ने । सबै सरकारी, गैर सरकारी संघ संस्थाले यसमा सहयोग पुर्‍याउने ।
  2. जिल्ला स्थित सबै स्थानीय तहले Covid Health Desk स्थापना गरी Covid-19 को परिक्षण गर्ने, खोप लगाउन सबैमा सचेतनामूलक जानकारी तथा प्रचार प्रसार गर्ने र आवश्यकता अनुसार क्वारेन्टाईन/आईसोलेसन सेन्टरहरु स्थापना गरी संचालनमा ल्याउने ।
  3. अक्सिजनको अभाव हुन नदिन तथा अक्सिजनको प्रभावकारी वितरण गर्नको लागि समयमै ग्यास पलान्टहरुको मर्मत संभार, सिलिण्डर संकलन, उत्पादन र वितरणलाई व्यवस्थिति गर्न जिल्लास्थित सबै अक्सिजन पलान्ट उद्योगहरुलाई अनुरोध गर्ने । साथै HEOC को च.नं. ४६१, मिति २०७८-०९-१९ को पत्रानुसार कोभिड-१९ दोस्रो लहरको बेला प्रयोगमा आएका अक्सिजन उद्योगहरुका अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित अक्सिजन उद्योगहरुलाई नै हस्तान्तरण गर्ने गराउने निर्णय गरियो ।
  4. सबै स्थानीय तहले कोरोना संक्रमित बिरामी बोक्ने १/१ वटा एम्बुलेन्स तमत्यारी अवस्थामा राख्ने र जिल्ला प्रहरी कार्यालयको ब्यवस्थापनमा-२ ओटा कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको व्यवस्था गर्ने ।
  5. बीरगंजको ईनर्वा नाकामा स्थापित Health Desk लाई थप सुविधा सम्पन्न र ब्यवस्थित बनाउने, चेकजाँच प्रकृयालाई कडाई गर्ने । Health Desk संचालनलाई प्रभावकारी एवं व्यवस्थित बनाउन बीरगंज उद्योग वाणिज्य संघ र अन्य संघ संस्थाले खाना, खानेपानी, शौचालय लगायत अन्य Logistics को व्यवस्था गर्ने,  स्वास्थ्य कार्यालय र बीरगंज महानगरपालिकाले समन्वय गरी पर्याप्त मात्रामा स्वास्थ्यकर्मी परिचालन र सुरक्षा निकायहरुले आवश्यक सुरक्षा व्यवस्था मिलाई सिमा नाकामा चेक जाँच कार्यलाई कडाई गर्ने ।
  6. ईनर्वा नाका बाहेक पर्सा जिल्लाको अन्य नाकामा समेत स्थापित Health Desk लाई सम्बन्धित स्थानीय तहले सशस्त्र प्रहरी बलसँग समन्वय गरी तत्काल संचालन गर्ने ।
  7. "NO MASK NO SERVICE DELIVERY" "मास्क बिना सेवा प्रवाह बन्द" अभियानलाई जिल्ला स्थिति सबै सरकारी, गैर सरकारी, बैंक तथा वित्तीय संघ संस्थाले प्रभावकारी रुपमा लागु गर्ने । साथै एक हप्तासम्म मास्क लगाउन सचेतनामूलक सूचना प्रवाह गरी सबैमा अनुरोध गर्ने र सो पछि अवज्ञा गरेमा जरिवाना गर्ने/गराउने निर्णय गरियो ।
  8. कोभिड-१९ को तेस्रो लहरबाट बच्न/बचाउन सबै स्थानीय तहले कोरोना लक्षित योजना बनाई आवश्यक पर्ने PPE सेट, मास्क, सेनिटाईजर खरिद गर्नुका साथै सोको पूर्व तयारी तथा प्रतिकार्य बारे DCMC लाई दिने ।  
  9. स्वास्थ्यकर्मी थप सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल, प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने । यसमा सबै स्थानीय तहहरुले सक्दो सहयोग गर्ने ।
  10. Covid Dedicated अस्पताल छनौट तथा संचालन सम्बन्धमा नीजि क्षेत्रका अस्पतालहरुका संचालकहरुसँग बैठक बसी आवश्यक निर्णय गर्ने ।
  11. पर्सा जिल्ला भरिको लागि कोभिड-१९ संक्रमित विरामीहरुको उपचारमा समन्वय र सहजीकरण गर्न Central Health Desk स्थापना गर्ने, सो बारे थप अवधारणा तयार पारि स्वास्थ्य कार्यालय, पर्साले DCMC को अर्को बैठकमा पेश गर्ने निर्णय गरियो ।

 

 

 

 

 

 

 

 

पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा