Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को निर्णय २०७८-०२-०५

2078-02-05

2078-02-05


आज मिति २०७८ साल जेठ ०५ गते बुधबारका दिन जिल्ला जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा तपसिल बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा DCCMC को बैठक बसी निम्न बमोजिमका निर्णयहरु गरियो ।

विशेष आमन्त्रित

प्रमुख श्री विजय कुमार सरावगी,         वीरगंज महानगरपालिका, पर्सा ।

अध्यक्ष श्री प्रभु हजरा                  नेकपा एमाले,

सभापती श्री अजय द्विवेदी              नेपाली कांग्रेस,

अध्यक्ष श्री विजय महतो                एकिकृत नेकपा माओबादी  

अध्यक्ष श्री रामनरेश यादव,                जनता समाजबादी पार्टी,

उपस्थिति

     अध्यक्ष श्री पिताम्बर घिमिरे             प्रमुख जिल्ला अधिकारी, पर्सा

     सदस्य श्री एनामुल हक           नि.मे.सु. नारायणी अस्पताल, बीरगंज, पर्सा

     सदस्य श्री मदनजंग राणा               प्रमुख सेनानी, चण्डी प्रसाद गण, पर्सा

     सदस्य श्री बेल बहादुर पाण्डे             प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा

     सदस्य श्री राजेन्द्र खड्का                स.प्र..उ., स.प्र.ब. नेपाल, पर्सा

     सदस्य श्री टिका प्रसाद पोखरेल           उप अनु. निर्देशक, रा.अ.जि. कार्यालय, पर्सा

     सदस्य श्री जयमोद ठाकुर,             जनस्वास्थ्य अधिकृत, जि.स्वा.का.

      सदस्य श्री खगेन्द्र बहादुर मल्ल,          स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा       सदस्य सचिव श्री भिमकान्त पौडेल        स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा

 आमन्त्रित

अध्यक्ष श्री सुबोध गुप्ता,               बीरगंज उद्योग वाणिज्य संघ, पर्सा।     

अध्यक्ष श्री अनुप तिवारी,               नेपाल पत्रकार महासंघ, पर्सा।

मन्त्री श्री शैलेन्द्र कुमार चौरसिया,        नेपाल रेडक्रस सोसाइटी, पर्सा।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC)का निर्णयहरु (२०७८-०२-०५)

 

निर्णय नं १

DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २

हाल जिल्लामा एन्टिजेन किटको अभाव रहेकोले प्रदेश सरकार, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मागको लागि लेखी पठाउने निर्णय गरियो ।

निर्णय नं ३

गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को च.नं. ३२५२, मिति २०७८-०२-०३ गतेको अक्सिज आपूर्ति व्यवस्थान गर्ने सम्बन्धी प्राप्त परिपत्रमा उल्लेख भए बमोजिम मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड-२०७८ बमोजिम अस्पतालको समन्वयमा आवश्यकता र प्रथमिक्ताको आधारमा जिल्लास्थित अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्था मिलाउने निर्णय गरियो ।

निर्णय नं ४

यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८-०२-१३ गते राती १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं ५

जिल्लामा कोभिड-१९ बाट संक्रमित भएका विरामीहरुको उपचार गराईरहेका निजी अस्पतालहरुले विरामीहरुलाई प्रवाह गरेको उपचार सेवा र विरामीबाट लिने गरेको सेवा शुल्कका सम्बन्धमा अनुगमन टोली मार्फत अनुगमन गर्ने निर्णय गरियो ।

निर्णय नं ६

नारायणी अस्पतालमा अक्सिजन पलान्ट स्थापनाको लागि यस अघि नै टेण्डर प्रक्रिया सम्पन्न भई सम्झौता भईसकेको अवस्था रहेकोले सम्बन्धित निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न ताकेता गर्ने ।

 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
DCCMC_2_5.PDF 573.08 KB

पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा