Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को निर्णय २०७८-०१-२९

2078-01-29

2078-01-29


आज मिति २०७८ साल वैशाख २९ गते बुधबारका दिन जिल्ला जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा तपसिल बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा DCCMC को बैठक बसी निम्न बमोजिमका निर्णयहरु गरियो ।

विशेष आमन्त्रित

प्रमुख श्री विजय कुमार सरावगी,         वीरगंज महानगरपालिका, पर्सा ।

अध्यक्ष श्री प्रभु हजरा                  नेकपा एमाले,

सभापती श्री अजय द्विवेदी              नेपाली कांग्रेस,

      श्री                            एकिकृत नेकपा माओबादी  

अध्यक्ष श्री रामनरेश यादव,                जनता समाजबादी पार्टी,

उपस्थिति

     अध्यक्ष श्री पिताम्बर घिमिरे             प्रमुख जिल्ला अधिकारी, पर्सा

     सदस्य श्री संजय कुमार ठाकुर            मे.सु. नारायणी अस्पताल, बीरगंज, पर्सा

     सदस्य श्री मदनजंग राणा               प्रमुख सेनानी, चण्डी प्रसाद गण, पर्सा

     सदस्य श्री बेल बहादुर पाण्डे             प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा

     सदस्य श्री राजेन्द्र खड्का                स.प्र..उ., स.प्र.ब. नेपाल, पर्सा

     सदस्य श्री टिका प्रसाद पोखरेल           उप अनु. निर्देशक, रा.अ.जि. कार्यालय, पर्सा

     सदस्य श्री जयमोद ठाकुर,             जनस्वास्थ्य अधिकृत, जि.स्वा.का.

      सदस्य श्री ध्रुव गिरी,                   स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा       सदस्य सचिव श्री भिमकान्त पौडेल        स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा

 आमन्त्रित

अध्यक्ष श्री सुबोध गुप्ता,               बीरगंज उद्योग वाणिज्य संघ, पर्सा।     

अध्यक्ष श्री अनुप तिवारी,               नेपाल पत्रकार महासंघ, पर्सा।

सभापति श्री विरेन्द्रराज कडेल,           नेपाल रेडक्रस सोसाइटी, पर्सा।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC)का निर्णयहरु (२०७८-०१-२९)

 

निर्णय नं १

DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २

मिति २०७८ साल वैशाख २६ गते आईतबारका दिन प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा बसेको कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी समन्वयात्मक बैठकको निर्णय नं २ अनुसार नारायणी अस्पतालमा कोभिड-१९ को RT-PCR परीक्षणको कार्य ३ सिफ्टमा २४ सैं घण्टा सञ्चालन गर्ने । यसको लागि मेडिकल, माईक्रोबायोलोजिष्ट (MSC/MD) र ल्याब टेक्नोलोजिष्ट गरी ३ जना जनशक्ति आवश्यक प्रक्रिया पुर्‍याई बढीमा ३ महिनाको लागि नारायणी अस्पतालले करारमा राख्ने ब्यवस्था मिलाउने र निजहरुको पारिश्रमिक DCCMC मार्फत उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं ३

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-०१-१३ गतेको निर्णयको बुदाँ नं ८ मा उल्लेख भए अनुसार बीरगंज स्थल सीमा नाका हुँदै भारतबाट आउने नेपाली नागरिकको स्वास्थ्य चेकजाँच लगायत कार्यको लागि करिब १(एक) हजार क्षमताको होलडिङ्ग सेन्टर बनाउने प्रयोजनको लागि सीमा नाका नजिकै बीरगंज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिमको करिब २.५ (अढाई) बिगहा सरकारी जग्गा उपयुक्त देखिएकोले होल्डिङ्ग सेन्टर निर्माणार्थ सोही जग्गालाई गृह मन्त्रालयमा सिफारिस गरी पठाउने ।

निर्णय नं ४

कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी मुस्लीम धर्मावलम्बीहरुको महान चाड ईदको अवसरमा सबै सर्वसाधारणलाई मस्जिद, बजार जस्ता ठाउँमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै आ-आफ्नो घरमा चाँडपर्व पूर्ण सजगताका साथ मनाउन अनुरोध गर्ने ।

निर्णय नं ५

यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८-०२-६ गते राती १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
DCCMC_1_29.PDF 586.54 KB

पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा