Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, श्रावण १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को निर्णय २०७८-०१-२१

2078-01-21

2078-01-21


आज मिति २०७८ साल वैशाख २१ गते मंगलबारका दिन जिल्ला जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा तपसिल बमोजिमका पदाधिकारीहरुको उपस्थितिमा DCCMC को बैठक बसी निम्न बमोजिमका निर्णयहरु गरियो ।

विशेष आमन्त्रित

प्रमुख श्री विजय कुमार सरावगी,         वीरगंज महानगरपालिका, पर्सा ।

उपस्थिति

     अध्यक्ष श्री पिताम्बर घिमिरे             प्रमुख जिल्ला अधिकारी, पर्सा

     सदस्य श्री संजय कुमार ठाकुर            मे.सु. नारायणी अस्पताल, बीरगंज, पर्सा

     सदस्य श्री मदनजंग राणा               प्रमुख सेनानी, चण्डी प्रसाद गण, पर्सा

     सदस्य श्री बेल बहादुर पाण्डे             प्रहरी उपरीक्षक, जिल्ला प्रहरी का., पर्सा

     सदस्य श्री राजेन्द्र खड्का                स.प्र..उ., स.प्र.ब. नेपाल, पर्सा

     सदस्य श्री रामबाबु चौधरी, प्रमुख अनुसन्धान अधिकृत,रा.अ.जि. कार्यालय, पर्सा

     सदस्य श्री कामेश्वर चौरसिया,           बरिष्ठ जनस्वास्थ्य अधिकृत, जि.स्वा.का.

      सदस्य श्री ध्रुव गिरी,                   स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा       सदस्य सचिव श्री भिमकान्त पौडेल        स.प्र.जि.अ. जिल्ला प्रशासन कार्यालय, पर्सा

 आमन्त्रित

अध्यक्ष श्री पुरेन्द्र लाभ                  नारायणी अस्पताल विकास समिति, पर्सा

अध्यक्ष श्री सुबोध गुप्ता,               बीरगंज उद्योग वाणिज्य संघ, पर्सा।     

अध्यक्ष श्री अनुप तिवारी,               नेपाल पत्रकार महासंघ, पर्सा।

सभापति श्री विरेन्दराज कडेल,           नेपाल रेडक्रस सोसाइटी, पर्सा।

अध्यक्ष श्री हरिपन्त,                            होटेल व्यवसायी संघ, पर्सा

अध्यक्ष श्री दिपकमान श्रेष्ठहोटेल व्यवसायी संघ

 

 

 

 

 

 

 

 

 

 

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC)का निर्णयहरु (२०७८-०१-२१)

 

निर्णय नं १

DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २

हाल जिल्लाको कोभिड-१९ को संक्रमणको अवस्था नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा भए/गरेका कामको समिक्षा गर्दै यस सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकारका निर्णय र निर्देशनहरु DCCMC एवं स्थानीय तह र सम्बद्ध निकायहरुबीचको आपसी समन्वयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने ।

निर्णय नं ३

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-०१-१९ को कोभिड-१९ नियन्त्रण सम्बन्धी निर्णयहरु बैठकमा प्रस्तुत भई छलफल भयो र यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं ४

यस जिल्लामा संचालित अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्न अनुरोध गर्ने र यसका लागि चाहिने आवश्यक सहयोग गर्ने । हाल उत्पादित अक्सिजन स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने । अन्यत्र क्षेत्रमा आपूर्ति नगर्ने । अक्सिजन उद्योगहरुबाट हुने अक्सिजनको उत्पादन, भन्डारण र बिक्री वितरणको दैनिक अनुगमन एवं प्रतिवेदन गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने ।

निर्णय नं ५

यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८-०१-३० गते राती १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं ६

कोभिड-१९ को संक्रमित विरामीको उपचार गर्न बीरगंज महानगरपालिकाद्वारा बीरगंज महानगरपालिका भित्र उपयुक्त स्थानमा १०० बेड क्षमताको कोभिड-१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने । त्यसैगरी तत्कालै १०० बेड क्षमताको आईसोलेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने ।

निर्णय नं ७

कोभिड-१९ को परिक्षण गर्ने कार्यलाई सहज बनाउन बीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब संकलन गर्ने र संकलित स्वाबको परिक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा गर्ने व्यवस्था मिलाउने ।

निर्णय नं ८

नारायणी अस्पताल विकास समिति, पर्साबाट माग गरिएका निम्न २ जना कर्मचारीहरुलाई कोभिड-१९ को विरामीको उपचार गर्ने काममा खटाईएकोमा निजहरुसँग नारायणी अस्पतालले बढिमा चार महिनाको करार सम्झौता गरी सोही अस्पतालले कार्य गरेको प्रमाणित गरेको आधारमा निजहरुलाई प्रदेश सरकारले DCCMC लाई उपलब्ध गराएको बजेटबाट नियमानुसारको  पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।

निम्न

  1. डा. राजिब यादव
  2. नन्दन कुमार सिंह

 

 

 

 

 

 

 

पछिल्लो अपडेट गरिएको : 2083-04-07 14:57:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा