Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

बिहीबार, भाद्र ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नयाँ गैरनाफामूलक संस्था दर्ता

शुल्क

संस्था दर्ताको लागि राजश्य शुल्क रु. १००० (एक हजार) मात्र लाग्छ ।



लाग्ने समय

संस्था दर्ताको लागि लाग्ने समय संस्था दर्ता गर्ने सेवाग्राहीले दर्ताको लागि आवश्यक कागजातहरु कति छिटो पेश गर्नु हुन्छ भन्ने कुरामा निर्भर गर्दछ । सामान्यता : चालचलन सम्बन्धी प्रहरी प्रतिवेदन प्राप्त भएर सनाखत सम्पन्न भएको दिन संस्था दर्ताको प्रमाण पत्र र प्रमाणीत विधान उपलब्ध गराएपछि संस्था दर्ताको कार्य सम्पन्न हुन्छ ।

कागजातहरु

  • संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालय, पर्सालाई संबोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले हस्ताक्षर गरेको तोकिएको ढाँचा (कोठा नं १३ वा कार्यालयको वेवसाईटबाट प्राप्त गर्न सकिने) को निवेदन ।
  • सम्बन्धित स्थानीय तह (महानगरपालिका/नगरपालिका/गाउँपालिका) को सिफारिस ।
  • नेपाली कागजमा प्रिन्ट गरी तदर्थ समितिका सम्पूर्ण पदाधिकारीहरुले प्रत्येक पानामा हस्ताक्षर गरेको ४ प्रति विधान ।
  • संस्थाको तदर्त समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं, ईमेल, हस्ताक्षर र फोटो सहितको विवरण ।
  • स्वयंले प्रमाणित गरेको तदर्थ समितिका सबै पदाधिकारीहरुको नागरिकताको फोटोकपी ।
  • व्यापार, ब्यवसाय सञ्चालन गरेका ब्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेको ब्यवसाय इजाजत/अनुमती  लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र कर चुक्ताको प्रतिलिपि अनिवार्य।


प्रक्रियाहरु

संस्था दर्ता गराउने ईच्छुक ब्यक्तिहरुले संस्थाको नाम र उद्देश्य पहिलानै किटान गरी सो नामको संस्था पहिले यस जिल्लामा दर्ता भए/नभएको यकिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साको स्थानीय प्रशासन फाँट (कोठा नं-१३) मा आई नाम भिडाउनु पर्ने हुन्छ । नाम भिडान भए पश्चात इच्छुक व्यक्तिहरुले तदर्थ/प्रबन्ध समितिको कम्तीमा ३ (तीन गुणा) को संख्यामा भेलाको आयोजना गरी देहाय बमोजिम माईन्युट (माईन्युट-१) र निर्णयहरु गरी सबैले हस्ताक्षर गर्नु पर्दछ । यस पछि भेलाको निर्णयबाट गठन भएको तदर्थ समितिको अर्को बैठक बसी अर्को माईन्युट (माईन्यूट-२) गर्ने जसको नमूना तल देखाईएको छ ।

जिम्मेवार कर्मचारी/शाखा

प्रशासन शाखा
(कोठा नं - 13 - पहिलो तल्ला)

पछिल्लो अपडेट गरिएको : 2083-05-09 15:21:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा