नयाँ नागरिकताको लागि रु. १० को टिकट ।
प्रमाण पुगेकोमा पेश भएकै दिन ।
क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः-
१)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम ।
२) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता ।
५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति ।
६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता ।
७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने ।
८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत ।
९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र ।
१०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
नोट : सम्बन्धित व्यक्तिले माथि उल्लेखित कागजातहरुको सक्कल प्रति अनिवार्य लिएर आउनु पर्न ।
कोठा नं ८ मा तोक लगाउने त्यसपछि कोठा नं १० मा गई सनाखत गराई पुन: कोठा नं ८ बाट सदर गराई कोठा नं ११ मा नागरिकता प्रमाण पत्रको कार्ड छाप्न दिई कोठा नं १० मा दिने
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा
Powered By: ProActive Developers