Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता वितरण सम्बन्धी विषय बारेको बिज्ञप्ति

2078-02-12

2078-02-12


विज्ञप्ती_पत्र_नयाँ.JPG तस्बिर :

विज्ञप्ती

      यस कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । देशका अन्य भाग जस्तै यस जिल्लामा पनि नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण रोकथाम र संक्रमणको श्रृंखला तोड्न (Chain Break) गर्न यही २०७८ साल बैशाख १६ गते देखि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको र सो निषेध आदेश हाल सम्म जारी रहेको छ । निषेधाज्ञा जारी भएको हालको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रण संग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ । यस बीचमा निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी केही वर्ष पुरानो जस्तो देखिने भिडियो फुटेज समेत राखी सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी एंव अनुरोध गरिन्छ । साथै अहिले हाम्रो सम्पूर्ण प्रयास कोभिड-१९ संक्रमणको नियन्त्रण रोकथाम र उपचार व्यवस्थापनमा केन्द्रित रहेको व्यहोरा समेत जानकारी गराउदै जारी निषेधाज्ञाको परिपालना गरि कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथाममा जिल्लाबासी आम नागरिकहरुले दिनु भएको साथ सहयोगका लागि कार्यालय यहाँहरुप्रति आभार एंव धन्यवाद प्रकट गर्दछ ।

मितिः- २०७८/०२/१२

भिमकान्त पौडेल

   सहायक प्र.जि.अ.

(सूचना अधिकारी)

पछिल्लो अपडेट गरिएको : 2081-10-21 11:01:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा

Powered By: ProActive Developers