Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्सा

मंगलवार, असार २३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकता वितरण सम्बन्धी विषय बारेको बिज्ञप्ति

२०७८-०२-१२ २०७८-०२-१२

विज्ञप्ती_पत्र_नयाँ.JPG तस्बिर :

विज्ञप्ती

      यस कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । देशका अन्य भाग जस्तै यस जिल्लामा पनि नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण रोकथाम र संक्रमणको श्रृंखला तोड्न (Chain Break) गर्न यही २०७८ साल बैशाख १६ गते देखि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको र सो निषेध आदेश हाल सम्म जारी रहेको छ । निषेधाज्ञा जारी भएको हालको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रण संग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ । यस बीचमा निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी केही वर्ष पुरानो जस्तो देखिने भिडियो फुटेज समेत राखी सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी एंव अनुरोध गरिन्छ । साथै अहिले हाम्रो सम्पूर्ण प्रयास कोभिड-१९ संक्रमणको नियन्त्रण रोकथाम र उपचार व्यवस्थापनमा केन्द्रित रहेको व्यहोरा समेत जानकारी गराउदै जारी निषेधाज्ञाको परिपालना गरि कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथाममा जिल्लाबासी आम नागरिकहरुले दिनु भएको साथ सहयोगका लागि कार्यालय यहाँहरुप्रति आभार एंव धन्यवाद प्रकट गर्दछ ।

मितिः- २०७८/०२/१२

भिमकान्त पौडेल

   सहायक प्र.जि.अ.

(सूचना अधिकारी)

पछिल्लो अपडेट गरिएको : 2083-03-08 13:01:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्सा .