संघ संस्था नविकरण र विधान संशोधनको लागि
2076-10-10
2076-10-10
संस्था नविकरणका लागि आवश्यक कागजातहरु:
- नविकरणका लागि संस्थाको लेटर प्याडमा जिल्ला प्रशासन कार्यालय, पर्सालाई संवोधन गरी तोकिएको ढाचाँ अनुसारको निवेदन ।
- संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली ।
- कुल साधारण सदस्य संख्या खुलाएको नामावलीसहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थित संख्याको विवरण ।
- विधान सम्मत साधारण सभाले चालु आ.ब.को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समितिको छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष र सचिवले प्रमाणित गरेको प्रलिलिपि र सम्बन्धित आ.ब.को वार्षिक कार्य प्रगति विवरण (Annual Report) ।
- संस्थाको पान (PAN) दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाण पत्र र सम्बन्धित आ.ब.को लागि आन्तरिक राजश्व कार्यालयको सिफारिस ।
- बैदेशिक सहयोगको कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदको कार्यक्रम स्वीकृत पत्र र कार्यक्रम अनुगमनको प्रतिवेदन, स्थानीय तह/ प्रदेश सरकारको कार्यक्रम संचालन गरेको भएमा सम्बन्धित स्थानीय तह/ प्रदेशको स्थलगत अनुगमन प्रतिवेदन र कार्यसम्पादन प्रतिवेदन सहितको सिफारिस ।
- बालगृह संचालन सम्बन्धी संस्था भए बालगृह श-शुल्क वा नि:शुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस ।
- लेखापरिक्षकको प्रमाणपत्र, पान (PAN) दर्ता प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र ।
संस्थाको विधान संशोधनका लागि पेश गर्ने कागजातहरु
- संशोधित विधान स्विकृत गरिपाउँ भनी रित पूर्वकको निवेदन ।
- तीन महले विधान -३ (तीन) प्रति ।
- नविकरण भएको संस्थाको प्रमाण पत्र र सो को फोटोकपि ।
- संशोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३) साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति ।
- जिल्ला प्रशसन कार्यालयले स्विकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपि ।
- संशोधित विधानको युनिकोडमा टाईप गरी सो को softcopy पनि पेश गर्ने ।
नोट : तीन महलेको शुरु पेजको माथी दस्तखत नगर्ने र शुरु पेजको तलबाट दस्तखत गरी बाकी पेजको तल र माथि कार्य समितिका सदस्यहरुको सही गरेको हुनुपर्ने ।
