Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

संघ संस्था दर्ता प्रकृया 2076-10-05

संघ संस्था दर्ता प्रकृया

  • संस्था दर्ताको लागि जिल्ला प्रशसन कार्यालय, पर्सालाई संवोधन गरेको संस्था दर्ता नियमावली, २०३४ को अनुसूची १ बमोजिमको निवेदन । (जुन यस कार्यालयको वेव साईटको डाउनलोडमा राखिएको छ )
  • स्थानीय तह (गाउँपालिका/नगरपालिका/महानगरपालिका) को सिफारिस पत्र ।
  • संस्था स्थापनाको लागि निम्न कुराहरु खोलाईएको कार्य समितिको तीन गुणा बढी भेलाको निर्णय, जसमा निम्न कुराहरुको निर्णय गरेको हुनुपर्छ ।
  • निम्न
  1. सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनोट गरेको निर्णय ।
  2. सर्व सम्मतिले कम्तिमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको निर्णय गरेको हुनुपर्ने ( ४ जना पदाधिकारी र ५ जना सदस्य रहने गरी) तदर्थ समितिको गठन गर्दा एउटै परिवारको सदस्य नभएको हुनुपर्ने र कानून बमोजिम समावेशी भएको हुनुपर्ने ।
  3. संस्थाको विधान मस्यौदा तयार गर्ने उपसमितिको गठन गरेको निर्णय । (संस्थाको उद्देश्य कुनै एक क्षेत्र सँग सम्बन्धित भएको हुनुपर्ने जस्तै : शिक्षा क्षेत्र, स्वास्थय क्षेत्र, खेलकुद, वतावरण .......)
  4. तदर्थ समितिले विधान पारित गरी स्विकृतिका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी गरेको निर्णय ।
  • तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको स्वयमले प्रमाणित गरेको १/१ प्रति छाँयाकपी ।
  • तदर्थ समितिका पदाधिकारीहरु र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको तल र माथि दस्तखत गरेको विधान ४ प्रति र विधानको soft copy  फाईल समेत पेश गर्नु पर्ने ।
  • संस्थाका तदर्थ समितिका पदाधिकारीहरु तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं, ई-मेल, दस्तखत र फोटो सहितको विवरण ।
  • संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन ।
  • तदर्थ समितिका पदाधिकारीहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने ।
  • संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिकृया तथा सहमती लिनुपर्ने  भएमा सोको सिफारिस ।
  • नोट :संस्था दर्ताको लागि चाहिने निवेदनको ढाँचा र विधानको नमूनाको लागि यस कार्यालयको वेव साईट www.daoparsa.moha.gov.np  मा भएको डाउनलोडमा गएर डाउनलोड गर्न सकिन्छ ।


Per Page :
Loading संघ संस्था दर्ता प्रकृया ...
Date संघ संस्था दर्ता प्रकृया Detail Files Action
2078-04-08 संस्था दर्ता प्रकृया २०७८ साल साउन १ गतेबाट लागु भएको

2078-04-08
2076-10-10 संघ संस्था नविकरण र विधान संशोधनको लागि

2076-10-10
Loading संघ संस्था दर्ता प्रकृया ...
Last Updated : 2083-02-25 11:45:45

© All Rights Reserved to District Administration Office, Parsa .