Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिक वडापत्र

2075-12-10

2075-12-10

नागरिक बडापत्र (जिल्ला प्रशासन कार्यालय पर्सा)

सि. नं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजपत्रहरु/प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेबार कर्मचारी शाखा/उपशाखा/इकाई कोठा न.

गुनासो सुन्ने अधिकारी

कैफियत

१. नागरिकता सम्बन्धी

१.१

बंशजको आधारमा नेपाली नागरिकता

१.  अनुसूची १ को फाराममा सम्बन्धित वडाध्यक्षबाट भएको रितपूर्वकको सिफारिश ।

२. जन्मदर्ता प्रमाण पत्र / नाबालक परिचय पत्र ।

३.  बाबु, आमाको ना.प्र.

४. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र सहित सक्कल ना.प्र. , पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु भाई वा बंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपि र नाताप्रमाणित प्रमाण।

५. बाबु, आमा वा ना.प्र. वाट भिड्ने व्यक्तिवाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।

७. फोटो २ प्रति

८. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र

अन्य जिल्लावाट बसाईसराई गरी आउनेको हकमा :–

१ बसाई सराई दर्ता प्रमाणपत्र ।

२. जग्गाधनी दर्ता प्रमाण पूर्जा ।

३. घरको नक्सा पास प्रमाणपत्र ।

४. पानी, बिजुली, टेलीफोन महसुल कार्ड जस्ता प्रमाण

५. बसाईसरी आएको जिल्लावाट सनाखत गर्ने नातेदारको ना.प्र.को अभिलेख एकिन पत्र ।

निवेदन पेश गरेकै दिन

(कुनै कुरामा शंका लागि सर्जिमन बुझ्नु परेमा सो सर्जमिन बुझी सकरात्मक प्रतिवेदन प्राप्त भएपछि)

निःशुल्क

कोठा न. ०१

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

१.२

बैवाहिक अंगीकृत नागरिकता   

१.  अनुसूची ७ को फाराममा वडाध्यक्षबाट भएको रितपूर्वकको सिफारिश ।

२.  पतिको ना.प्र.को प्रतिलिपी ।

३.  विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।

४.  विदेशी नागरिक भएको कुनैं प्रमाणित कागज

५  विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण/निस्सा

६.  पतिको सनाखत, पति नभएमा पतिसँग नाता भिडने नजिकको नातेदारको सनाखत ।

७.  फोटो २ प्रति

८.  भारत बाहेक अन्य देशको महिला भए मान्य अवधिको भिसा।

प्रमाण पुगेकोमा उसै दिन

निःशुल्क

कोठा न. १

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

१.३

कर्मचारी परिवारको नाताले ना.प्र.पत्र प्राप्ती

१.  जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र ।

२.  स्थानीय निकायवाट भएको रितपूर्वकको सिफारिस फाराम ।

३.  अटो साइजको फोटो ४ प्रति

४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत ।

५.  जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र ।

६.  जन्ममिति खुल्ने शैक्षिक प्रमाण ।

७.  विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।

प्रमाण पुगेकोमा उसै दिन

निःशुल्क

कोठा न. १

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

१.४

बंशज, बैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपी

१.  रितपूर्वकको अनुसूची सिफारिस ।

२.  ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण ।

३.  अन्य जिल्लाहरुवाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृत पत्र ।

४.  बसाइसराइको हकमा निवेदक तथा सनाखत गर्नेको ना. प्र.प्र. को अभिलेख एकिन पत्र ।

प्रमाण पुगेकोमा उसै दिन

निःशुल्क

कोठा न. ०२

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

१.५

अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

१.  रितपूर्वकको अनुसूची सिफारिस ।

२.  ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण ।

३.  जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको मन्त्रालयबाट प्राप्त अभिलेख

४. व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखीएकोमा सोको मुचुल्का ।

प्रमाण पुगेकोमा उसै दिन

निःशुल्क

कोठा न. १४

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

२. नाबालक परिचय पत्र सम्बन्धी

२.१

नाबालक परिचयपत्र तथा प्रतिलिपी

बाबु र आमाको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना पर्सा जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ :–

  1. सम्बन्धित वडाध्यक्षबाट भएको रिफारिस
  2. रितपूर्वकको निवेदन ।

३.  नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।

४.  बाबु, आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

५.  नाता प्रमाणित पत्र बाबु आमा र बच्चा समेतको

६.  बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपी ।

७.  बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ।

८.  विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकवाट जारी भएको Birth Certificate

९.  कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ।

१०.  स्थानीयतह र प्रहरी बुझिएकोमा सोको प्रमाण कागज।

सबै प्रमाण पुगेकोमा दरखास्त दिएकै दिन 

निःशुल्क

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

३.

नाम, थर, उमेर फरक परेकोमा सो सच्चाउने काम (प्रमाण पत्र लिएको छ महिना भित्र निवेदन दिएको हुनु पर्ने)

क) नाम थर सम्बन्धी :–

१. सम्वन्धित वडाध्यक्षबाट भएको सिफरिस

२.  रितपूर्वकको निवेदन ।

३.  नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

४.  एस.एल.सी. /एस.ई.ई. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र ।

५.  शिक्षा विकास तथा समन्वय इकाइ तथा सम्बन्धित शैक्षिक संस्थाको किटानी सिफारिस पत्र ।

६.  सम्बन्धित गा.पा./नगरपालिकाको किटानी सिफारिस पत्र  ।

ख) उमेर सम्बन्धी :–

 १. सम्वन्धित वडाध्यक्षबाट भएको सिफरिस

 २. रितपूर्वकको निवेदन ।

३.  नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

४.  एस.एल.सी./एस.ई.ई. वा सो भन्दा माथीको शैक्षिक योग्यताको प्रमाणपत्र (उमेर खुलेको हुन पर्ने)

५.  सम्बन्धित वडा/गा.पा./नगरपालीकाको कार्यालयको किटानी सिफारिस पत्र ।

६.  शिक्षा विकास तथा समन्वय इकाइ तथा सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र ।

प्रमाण पुगेकोमा उसै दिन

निःशुल्क

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

४.

कुनै व्यहोरा प्रमाणित सम्बन्धि

१.  व्यहोरा खुलेको रितपुर्वको निवेदन ।

२.  स्थानिय तहको किटानी सिफारिस तथा प्रहरी सर्जमिन मुचुलका ।

३.  माग भएको व्यहोरा पुष्टि गर्ने प्रमाण कागज ।

आवश्यक जाँचबुझ सकेको भोलिपल्ट

निःशुल्क

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

५. हातहतियार सम्बन्धी

५.१

हातहतियार ईजाजत

१. व्यहोरा खुलेको रितपूर्वकको निवेदन ।

२.  नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

३.  निवेदकको निरोगिताको प्रमाण।

४.  प्रहरी प्रतिवेदन ।

५.  औचित्य पुष्टिहुने कारण/प्रमाण

जिल्ला सुरक्षा समितिको निर्णय वमोजिम

निःशुल्क

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

५.२

हातहतियार नामसारी

१. रितपूर्वकको निवेदन ।

२. सक्कल इजाजत पत्र ।

३. निवेदकको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पक्ष बीचको नामसारी सम्बन्धि कागजात ।

४. नामसारी गरी लिने व्यक्तिको निरोगिताको प्रमाण पत्र र प्रहरी प्रतिवेदन ।

५. मृत्युदर्ता प्रमाणपत्र र ना.प्र.।

मृत्यु पश्चात/

खरिदको ५ बर्ष  पूरा पछि

नियमानुसार

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

५.३

हातहतियार नविकरण

१. रितपूर्वकको निवेदन ।

२. सक्कल इजाजत पत्र ।

३ निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

निवेदन परेको दिन

निवेदनमा रु. १० को टिकट टाँस गर्ने र नियमावली बमोजिमको शुल्क

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

५.४

हातहतियार ईजाजत प्रतिलिपी सम्बन्धी

१. रितपूर्वकको निवेदन ।

२. ना.प्र.प्रमाणपत्रको नक्कल।

३ ईजाजतपत्रको नक्कल ।

प्रमाण पुगेकोमा उसै दिन

निवेदनमा रु. १० को टिकट टाँस गर्ने र नियमावली बमोजिमको शुल्क

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

६. संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी

६.१

संस्था दर्ता

१. रितपूर्वकको निवेदन ।

२. तोकिएको ढाँचाको ४ प्रति बिधान ।

३. प्रबन्ध/तदर्थ समितिको निर्णय र पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी।

४. सम्बन्धित गा.पा./नगरपालिकाको किटानी सिफारिस पत्र।

५. उपरोक्त कागजात पेश भएपछि संस्थाका पदाधिकारीहरुको चालचलन प्रहरी मार्फत बुझ्न लगाइ सोको सकरात्मक प्रहरी प्रतिवेदन ।

आवश्यक जाँचबुझ सकेको भोलीपल्ट

रु. १०००।–

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

६.२

संस्था नविकरण

१. रितपूर्वकको निवेदन ।

२. कार्य समितिको निर्णयको प्रतिलिपी ।

३. लेखा परिक्षणको प्रतिवेदन ।

४. बार्षिक प्रगति विवरण ।

५. लेखा परिक्षकको ईजाजत पत्र, नविकरण पत्र समेत ।

६. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपी।

७. कार्य क्षेत्रसँग सम्बन्धित गा.पा./नगरपालिकाको किटानी सिफारिस पत्र।

८. संस्था दर्ता प्रमाण पत्रको नक्कल ।

९. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदवाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र ।

१०. बालगृहको हकमा जिल्ला बालकल्याण समितिको सिफारिस पत्र ।

प्रकृया पुरा भएमा सोही दिन

रु. ५००।–

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

६.३

संस्थाको बिधान संशोधन 

१. रितपूर्वकको निवेदन

२. विधानमा थपघट गर्नुपर्ने कारण खुलाई साधारणसभाको निर्णयको प्रतिलिपी ।

३. स्वीकृत सक्कल विधान ।

४. तीन महले फाराम(संशोधित विधान)को ३ प्रति ।

५. विधान संशोधन सम्बन्धि साधारण सभाको निर्णय ।

प्रकृया पुरा भएमा सोही दिन        

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

६.४

संस्था दर्ता प्रमाण पत्र र स्वीकृत बिधानको प्रतिलिपि लिने ।

१. रितपूर्वकको निवेदन ।

२. कार्य समितिको निर्णयको प्रतिलिपी ।

३. संस्था दर्ता प्रमाणपत्र ।

४. आवश्यकता अनुसार प्रहरी प्रतिवेदन ।

सोही दिन

निःशुल्क

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

६.५

संस्था/शाखा विस्तार

१. रितपूर्वकको निवेदन

२. संस्थाको साधरण सभाको निर्णय ।

३. संस्था दर्ता गर्ने निकायको सिफारिस

४. विधानको प्रतिलिपी र दर्ता प्रमाणपत्रको प्रतिलिपी ।

५. गा.पा./नगरपालिकाको सिफारिस पत्र ।

६ संस्था अद्वावधिक देखिने कागजात प्रमाणहरु ।

सोही दिन       

निःशुल्क

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

६.६

पत्रपत्रिका दर्ता

१. रितपूर्वकको निवेदन ।

२. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपी ।

३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर तिरेको प्रमाण, लेखा परीक्षण प्रतिवेदन, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपीहरु।

४. संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपीहरु ।

५. सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपीहरु ।

६. सम्पादकको शैक्षिक योग्यताको (एस.इ.इ./एल.एल.सी. देखी स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्र.प. र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपी वा एस.एल.सी. उत्तिण गरी पत्रकारितामा १० बर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपी ।

७. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज ।

८. छापाखानावाट पत्रिका छाप्न मन्जुरी दिएको सिफरिस पत्र ।

९. छापाखाना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।

१०. छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयवाट स्वीकृत दिएको प्रमाणपत्रको प्रतिलिपी ।

११. छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

पृकया पुरा भए पछि सोही दिन

दैनिक पत्रिका रु.१०००।– अर्धसाप्ताहिक रु. ७००।–, साप्ताहिक रु. ५००।–, पाक्षिक, मासिक र अन्य रु. ३००।–

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

६.७

छापाखाना संचालन

१. रितपूर्वकको निवेदन ।

२. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपी।

३.  कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपी र स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपि तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो ।

४.  मूल्य अभिबृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भई रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी ।

५.  सञ्चालक/प्रोप्राइटरको नागरिकताको प्रतिलिपी ।

६.  छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपी, घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज, छापाखाना रहने स्थानको लोकेशन नक्सा ।

७.  छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भई आएको भए सो समेतको प्रमाणको प्रतिलिपी ।

८.  संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन ।    

पृक्रिया पुरा भएपछि सोही दिन ।

रु. १०००।–

कोठा न. १३

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

७. राहदानी (MRP) सम्बन्धी

७.१

साधारण   राहदानी

(क)निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको हकमा

१.  रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति

२.  नेपाली नागरिकता प्रमाणपत्रको २ प्रति प्रतिलिपि

३.  हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति

४.  नाबालक परिचयपत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि

५. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि

(ख)बसाईसराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ

१.  बसाईसराईको प्रमाणपत्र ।

२.  जग्गाधनी प्रमाण पूर्जा ।

३.  घरको नक्सा पास प्रमाणपत्र ।

४.  वसाइसरी आएको जिल्लाबाट नागरिकता यकिन अभिलेख ।

५‍  अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्ला बुझेको यकिन अभिलेख ।

(ग) अन्यत्र जिल्लाबाट नागरिकता लिई पर्सा जिल्लामा विवाह गरी आउनेको हकमा

१. विवाहदर्ता प्रमाणपत्र

२. पतिको ना.प्र. प्रमाणपत्रको प्रतिलिपि

३. सम्बन्धित जिल्लाबाट नागरिकताको यकिन अभिलेख

 (घ) कर्मचारी परिवारको हकमा

१. सम्बन्धित निकायको सिफारिस पत्र

२. सम्बन्धित जिल्लाबाट बुझिएको नागरिकता/परिचयपत्र अभिलेख यकिन ।

निबेदन पेश गरेको ४५ दिन भित्र

रु ५,०००

कोठा न. ९

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

७.२

द्रुत सेवाको राहदानी सिफारिस

१.  रितपूर्वकको निवेदन

२.  माथि दफा ७.१ मा उल्लेखित सबै कागजातहरु

३‍  online form दुई प्रति (पछाडि सिफारीस व्यहोरा भएको)

 निवेदन गरेकै दिन

निःशुल्क

कोठा न. ९

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

७.३

हराएको राहदानी पुन प्राप्ती सम्बन्धी सिफारिस

१. साबिकको राहदानीको प्रतिलिपि

२. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट

निवेदन गरेकै दिन

निःशुल्क

कोठा न. ९

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

राहदानी हराएको हकमा मनासिव आधार बेगर द्रुत सेवा सिफारिस गरिने छैन

८. शान्ति सुरक्षा तथा ठाडो उजुरी सम्बन्धी

८.१

शान्ति सुरक्षाको निबेदन 

१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी रितपूर्वकको निवेदन

२. औचित्य पुष्टि हुने अन्य कागज प्रमाण

सोहि दिन

निःशुल्क

कोठा न. ५

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

८.२

गुनासो वा ठाडो उजुरी

१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी रितपूर्वकको निवेदन

२. औचित्य पुष्टि हुने अन्य कागज प्रमाण

शीघ्र

निःशुल्क

कोठा न. ५

सम्बन्धित शाखा हेर्ने ना.सु. / प्रशासकीय अधिकृत/ स.प्र.जि.अ.

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

९. सेवा प्रदायक निकाय वा कर्मचारीसग सम्बन्धित गुनासो उजुरी

९.१

१.  सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो स्पष्ट खुलेको रित पूर्वकको निवेदन ।

२.  गुनासो पुष्टि हुने आधार वा प्रमाण कागजात ।

शीघ्र

निःशुल्क

कोठा न. २/३

अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. र स.प्र.जि.अ. को हकमा प्र.जि.अ.

(पुनश्च प्रतिलिपी संलग्न गर्नुपर्ने कागजातहरुको सक्कल प्रति निवेदकले साथमा लिइ आउनु पर्नेछ । )

नागरिक वडापत्र

View All
Last Updated : 2083-02-25 11:45:45

© All Rights Reserved to District Administration Office, Parsa .