Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

निर्वाचन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्साको अत्यन्त जरुरी सूचना

3 months ago

2082-11-16


सुचना_2082_11_16_000.jpg Images :

 

 

निर्वाचन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्साको

अत्यन्त जरुरी सूचना

मिति २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाको समग्र शान्ति सुरक्षालाई दृष्टिगत गरी निर्वाचन आयोग तथा गृह मन्त्रालयबाट प्राप्त निर्देशन, जिल्ला सुरक्षा समितिको निर्णय एवं मिति २०८२।११।१६ गते बसेको सर्वदलीय, सर्वपक्षीय बैंठकको निर्णय बमोजिम देहायको आदेश जारी गरिएको छ। यो आदेश बमोजिम गर्न गराउन हुन सम्बन्धित सबैमा अनुरोध गर्दै प्रस्तुत आदेशको पालना नगरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही भई जाने व्यहोरा समेत सबैको जानकारीको लागि निर्णयानुसार सूचित गरिन्छ।

१. सीमानाका बन्द हुने सम्बन्धमा :

मिति २०८२ फागुन १८ गते (2nd March 2026) सोमबार राति १२:०० देखि मिति २०८२/११/२१ (5th March 2026) गते बिहीबार राति १२:०० वजे सम्मलाई यस जिल्लाका भारतीय सीमासँग जोडिएका सीमानाका पूर्ण रुपमा बन्द हुनेछ।

२. होली तथा रमजान पर्व मनाउने सम्बन्धमा:

  • चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा हो-हल्ला एवं झै-झगडा गर्ने, मादक पदार्थको सेवन गरी सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्‍ने, जबरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ।
  • निर्वाचनको सुरक्षालाई मध्यनजर गरी धार्मिक तथा साँस्कृतिक रुपमा आ-आफ्नो घर कम्पाउण्ड भित्र अरु कोही कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन, साथीसंगीहरुसँग यो पर्व मनाउन बाधा नपर्ने, कुनै पनि चौर, खुला स्थान, चौक चौराहा वा सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगितिक कार्यक्रमहरु गर्ने गरी होली तथा रमजान लगायतका पर्व मनाउन निषेध गरिएको छ।
  • कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा वा निर्वाचन चिन्ह अंकित कुनै पनि भेष्ट, टि-सर्ट, कमिज, गम्छा, टोपी, झोला लगायतका कपडाहरु लगाई पर्व मनाउन निषेध गरिएको छ।
  • होली पर्व मनाउँदा अत्यधिक रुपमा मोटरसाईकल दुर्घटनामा परी धेरै जनधनको क्षति हुने गरेको देखिएकोले मिति २०८२।११।२० गते मोटरसाईकल प्रयोग गरि होली मनाउन निषेध गरिएको छ।

३.सवारी आवागमन तथा सवारी अनुमती पत्र (पास) सम्बन्धमा:

  • मतदानको दिन अत्यावश्यक सेवाका एम्बुलेन्स, रेडक्रस, दुध तथा औषधी बोकेको सवारी साधन, खानेपानी टयाङ्कर, खानेपानी तथा ढल मर्मत, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा, कुटनीतिक नियोगको सवारी साधनहरुको लागि सवारी अनुमति (पास) आवश्यक नपर्ने र सवारी अनुमती पत्र (पास) आवश्यक पर्ने सवारी साधनको हकमा निर्वाचन अधिकृतको कार्यालय/जिल्ला निर्वाचन कार्यालयको सिफारिसको आधारमा निर्वाचन हुनुभन्दा दुई दिन अगावै मिति २०८२।११।१९ गतेको दिन जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुनेछ।
  • कुटनीतिक नियोग बाहेक विदेशी नम्बर प्लेटको यात्रुवाहक सवारी साधनहरु निर्वाचन मौन अवधिभर निषेध गरिएको छ
  • डि.जे. तथा चुनावी प्रचार प्रसार सम्बन्धमा:
  • मिति २०८२।११।१६ गते देखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म पर्सा जिल्ला भरी राजनीतिक दलको प्रचार प्रसार, कुनै पनि धार्मिक, साँस्कृतिक र सामाजिक कार्यहरुमा डि.जे. लगायतका ध्वनी प्रदुषण हुने खालका बाजा बजाउन निषेध गरिएको छ।

 

.............................

(विनोद कुमार पोखरेल)

सहायक प्रमुख जिल्ला अधिकारी

 

 

 

 

 

 

Last Updated : 2083-02-25 11:45:45

© All Rights Reserved to District Administration Office, Parsa .