Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parsa

Tuesday, Shravan 12, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

राष्ट्रिय परिचयपत्र विवरण दर्ता शाखा

Room no. 15

Major Activities

विवरण संकलन गर्दा आवेदक, रुजु अधिकारी तथा विवरण दर्ता अपरेटरहरुको प्रत्यक्षरुपमा जिम्मेवारी तथा संलग्नता रहने यस कार्यमा देहाय बमोजिमका चरणहरु हुन्छन् ।

 

  •  
  • १. आवेदकद्वारा दरखास्त दिने कार्यः राष्‍ट्रिय परिचयपत्रको लागि तोकिएको दरखास्त ढाँचा/फाराम दुई किसिमले भर्न सकिन्छ ।

    • १. हातले फाराम भरी बुझाउनेः यस कार्यका लागि विभागले नागरिकहरुलाई दरखास्तको लागि चाहिने फाराम उपलब्ध गराउँछ । नागरिकहरुले सो फाराममा आफ्ना व्यक्तिगत विवरणहरु भरी रुजु अधिकारी समक्ष पेश गर्नु पर्छ। आफ्नो फाराम आफैंले भर्न नसक्ने व्यक्तिहरुको लागि भने फाराम भर्न सहयोग गर्ने कर्मचारी मार्फत भराउन सकिन्छ तर पनि भरिएका विवरणहरु "मैले माथि उल्लेख गरेको व्यहोरा साँचो हो। झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला" भनी आवेदकले दस्तखत सहिछाप समेत गर्नु पर्दछ।यसरी राष्‍ट्रिय परिचयपत्र लिने व्यक्ति कानूनीरुपमा भागीदार हुन्छ ।

    • २. अनलाइन फाराम भर्नेः यस विधि इन्टरनेटको प्रयोगमा आधारित छ । नागरिकहरुले enrollment.donidcr.gov.np वेभसाइटमा गई राष्ट्रिय परिचयपत्रका लागि आफ्नो जनसांख्यिक विवरण प्रविष्ट गरी जैविक विवरणको लागि जिल्ला प्रशासन कार्यालय वा अभियान सञ्‍चालन भैरहेका जिल्लाहरुको हकमा नजिकैको घुम्ती विवरण दर्ता इकाईमा गएर विवरण दर्ता गर्न सकिन्छ । यस विधिअनुसार भर्नुपर्ने वैयक्तिक विवरणहरु भरी सकेपछि व्यक्तिको प्रणालीबाट Application ID वा QR Code उपलब्ध हुन्छ ।अनलाइन फाराम भरिसके पछि जारी भएको Application ID वा QR Code सहितको Receipt को Print लिएर जैविक विवरणको लागि नजिकैको राष्ट्रिय परिचयपत्र ईकाईमा जानु पर्दछ ।

  • २. रुजु अधिकारीद्वारा आवश्यक कागजात हेरी फाराममा तोक लगाउने कार्यः रुजु अधिकारीले आवेदकद्वारा दरखास्त फाराम वा Application ID वा QR Code सहितको Receipt ल्याएकोमा भरिएका विवरणहरु ठीक छन्/छैनन् वा नागरिकता प्रमाणपत्र दुरुस्त छ/छैन वा अष्पष्ट, च्यातिएको छ कि? हेर्ने र भएको पाइएमा नयाँ प्रतिलिपि लिन भन्ने, सो मा उल्लिखित जन्ममिति नेपाली/अंग्रेजी दुवै प्रष्ट उल्लेख छ/छैन वा पति, पत्नीको नाम उल्लेख छ/छैन वा बसाँइ सरी आएर नागरिकता भन्दा फरक ठेगाना छ कि? जस्ता विषयहरुमा चेकजाँच गर्नु पर्दछ ।सो अनुसार नभएमा आवश्यक पुष्ट्याँइका कागजात समेत पेश गरे पछिमात्र अन्य प्रकृया अगाडि बढाउनु पर्दछ । तर फाराममा भरेका विवरण तथा आवश्यक कागजात ठीक पाइएमा रुजु अधिकारीले तोक लगाइ अपरेटरकोमा विवरण प्रविष्ट (Entry) गर्न पठाउनु पर्दछ । निवेदन फाराममा रुजु अधिकारीले प्रमाणित गर्न वा तोक लगाउन नसकिने अव्था भएमा विवरण प्रविष्ट गरेपछि निस्काशन हुने Confirmation Page मा रुजु अधिकारीले प्रमाणीत गर्नु पर्दछ ।

  • ३. अपरेटरद्वारा विवरण प्रविष्ट गर्ने कार्यः रूजु अधिकारीबाट तोक लागी सके पश्‍चात् अपरेटरले व्यक्तिको विभागबाट उपलव्ध गराइएको निवेदनको हकमा निवेदनमा उल्लेख भएका जनसांख्यिक विवरणहरु प्रविष्ट गरि र अनलाईनबाट निवेदन दिनेको हकमा विवरण रुजु गरी जैविक विवरण संकलन (Capture) गर्छ । निजको जैविक विवरण समेत लिईसके पश्चात् Generate हुने Confirmation Page प्रिन्ट गरी सबै विवरण जाँच गर्न आवेदकलाई दिइन्छ । विवरण प्रविष्टीमा कुनै त्रुटि पाइएमा Confirmation Page मा सच्याइ सो विवरण प्रणालीमा समेत सच्याइ पुनः Confirmation Page प्रिन्ट गर्ने र आवेदकलाई सो पेजमा उल्लिखित विवरण ठीक छन् भनी दस्तखत छाप गराउने र उक्त Confirmation Page लिई रुजु अधिकारी कहाँ पठाउनु पर्दछ । रुजु अधिकारिबाट प्रमाणित भए पछि अपरेटरले समेत दस्तखत गरी सो पेज निवेदकलाई दिनु पर्दछ ।



Member Detail

Last Updated : 2083-04-07 14:57:15

© All Rights Reserved to District Administration Office, Parsa